असार २२, २०८२ आइतबार July 6, 2025

कानुनविपरीत सुर्तीजन्य पदार्थको प्रवर्धन, कारबाही गर्ने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवर्धन गर्न कानुनले बन्देज लगाए पनि प्रत्येक वर्ष हुने नेपाल साहित्य महोत्सवमा भने सुर्तीजन्य कम्पनीले प्रायोजन गर्ने गरेको पाइएको छ ।

कानुन अनुसार कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको बिक्रीवितरण पूर्ण रूपमा बन्देज छ । फागुन १५ गते सम्पन्न हुने साहित्य महोत्सवमा सुर्तीजन्य कम्पनी सूर्य नेपाल प्रालिले प्रायोजन गरेको छ । सुर्तीजन्य कम्पनीले साहित्यिक कार्यक्रम प्रायोजन गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महोत्सव, मेला तथा जात्राका नाममा हुने सुर्तीजन्य पदार्थ उत्पादकको कुनै पनि संलग्नता कानुनविपरीत हुने बताएको छ । मन्त्रालयले यसरी जुनसुकै कार्यक्रममा सुर्तीजन्य कम्पनी संलग्न भए कानुनबमोजिम कारबाही गर्ने प्रस्ट पारेको छ । उक्त साहित्यिक महोत्सवमा नेपालकै प्रमुख चुरोट उत्पादक कम्पनी सूर्य नेपाल प्रायोजक भएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी दिएको हो । उक्त साहित्यिक महोत्सवको अघिल्लो वर्ष टाइटल प्रायोजन गरेको सूर्य नेपालले यस पटक ‘इभिनिङ म्युजिकल सेसन’ को प्रायोजन गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएकाले कानुनविपरीत कार्य गर्नेलाई कारबाही गर्ने बताउनुभयो । सुर्तीजन्य पदार्थको सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८; नियमावली र निर्देशिकासमेत जारी भइसकेको अवस्थामा कार्यक्रमको प्रायोजन गर्नु कानुनविपरीत भएको उहाँको भनाइ छ ।

कहीँ कतै उक्त ऐन, नियमावली तथा निर्देशिकामा भएका व्यवस्थाको पालना नगरेको पाइएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ देखि बेलुका ८ बजेसम्म फोन वा ह्वाट्सएप वा भाइबर नम्बर ९८५१३३०५९२ मा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने अनेकन दीर्घरोग, उत्पन्न रोगको उपचारमा हुने अर्बौं रुपियाँ खर्च र वार्षिक ३७ हजारभन्दा बढीको मृत्यु हुने तथ्याङ्क रहेको भन्दै उहाँले यसको नियन्त्रणका लागि भएका कानुनी व्यवस्थाको पालना गर्नु गराउनु सबैको दायित्व भएको बताउनुभयो । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन, २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइनेसम्बन्धी व्यवस्था छ । उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, इमेल जस्ता विद्युतीय सञ्चार माध्यम, अन्तर्क्रिया कार्यक्रम, होर्डिङ बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिह्न, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।

यस्तै सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ को परिच्छेद ३ दफा २२ को उपदफा ६ मा भनिएको छ, “सार्वजनिक निकायका पदाधिकारीहरूलाई सुर्ती उद्योगबाट प्रदान गरिने कुनै पनि प्रकारका सहयोग र पुरस्कार प्राप्त गर्न, सुर्ती उद्योगबाट प्रायोजित कार्यक्रममा सहभागिता, सुर्ती उद्योगको सहयोगमा वा उद्योगको आमन्त्रणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैठक, भ्रमण, तालिम, गोष्ठी, सम्मेलन जस्ता कार्यक्रममा सहभागितासमेत कसैले स्वीकार गर्नु हुँदैन ।”  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार