असार २१, २०८२ शनिबार July 5, 2025

सिरहामा देखियो समुदायस्तरमा कोरोना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बुधबार सिरहामा चार थप कोरोना भाइरसको संक्रमित फेला परेको छ। उनीहरु चारै जना समुदाय स्तरका हुन्। मिर्चैया नगरपालिका-५ मा एक जना, सोही नगरपालिकाको मंगलम पोलिक्लिनिकको स्वास्थ्यकर्मी दुई जना र गोलबजार नगरपालिकाको एक पेट्रोल पम्प परिसरमा रहेका लाइन होटलमा एक जनामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

कोरोनाको संक्रमित भेटिएपछि मिर्चैया नगरपालिकाले बिहीबारदेखि साउन ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। पेट्रोल पम्प सील गरिएको छ। कोरोना पुष्टि भएसँगै सिरहा प्रशासनले स्वास्थ्य कार्यालयको सहयोगमा संक्रमितसँगको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य सुरु गरेको स्वास्थ्य कार्यालयको सूचना केन्द्रका फोकल व्यक्ति अन्देश्वर चौधरीले जानकारी दिए।

यसअघि गत शनिबार पनि समुदायका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुमध्ये सिरहा नगरपालिका –१६ का राजनीतिकर्मी र लहान गरपालिका –८ का गैरसरकारी संस्थाका कर्मचारी हुन्।

सिरहामा हालसम्म ४४ सय ६६ जनाको स्वाब संकलन गरिएको छ। जसमा २२० जनाको पीसीआर रिर्पोट पोजिटिभ र ३८ सय ८० जनाको निगेटिभ आएको छ। ११७ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार