असार २४, २०८२ मंगलबार July 8, 2025

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कास्कीले पर्वतलाई १० विकेटले हरायो

टस जितेर ब्याटिङमा उत्रिएको पर्वतले २५.२ ओभरमा सबै विकेट गुमाउँदै ७१ रनमै समेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धामा कास्कीले समूह बी अन्तर्गतको पहिलो खेलमा पर्वतलाई १० विकेटले पराजित गरेको छ । आज (बिहीबार) पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा ७२ रनको सामान्य लक्ष्य पाएको कास्कीले विना विकेटको क्षतिमा ९.५ ओभरमा लक्ष्य पुरा गरेको हो ।

टस जितेर ब्याटिङमा उत्रिएको पर्वतले २५.२ ओभरमा सबै विकेट गुमाउँदै ७१ रनमै समेटियो । ओपनर सन्देश खड्काले ९, सुशान चापागाईँले १४, सरोजबहादुर कार्कीले ७, अनुभवी अमृत गुरुङ पनि २ रनमै आउट भएपछि पर्वतले खासै धेरै रन जोड्न सकेन् ।

कास्कीका बलर नितेश गिरीले ४ विकेट लिँदा सुवास भण्डारीले ३ विकेट र कृष्ण पौडेलले २ विकेट लिनुभयो । कास्कीको जितमा ओपनर मुस्कान थापा र कृष्ण पौडेलको योगदान रह्यो । पौडेलले अर्धशतक पुरा गर्दा थापाले २१ रनमा अविजित रहनु भयो । पौडेलले ३८ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गर्नु भयो । खेलमा नितेश गिरी प्लेयर अफ दि म्याच घोषित हुनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया