श्रावण २०, २०८३ बुधबार August 5, 2026

वीर अस्पतालले दैनिक दुई सिफ्ट मा शल्यक्रिया सुरु गर्ने

एक सिफ्टमा भइरहेको शल्यक्रियालाई दुई सिफ्ट गर्ने गरी व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्ट मा शल्यक्रिया सुरु गर्ने भएको छ ।

अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले एक साताभित्रै दैनिक दुई सिफ्टमा शल्यक्रिया गर्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले हाल एक सिफ्टमा भइरहेको शल्यक्रियालाई दुई सिफ्ट गर्ने गरी व्यवस्था मिलाएको बताउनुभयो ।

निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरण थपिएको बताउनुभयो । “ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौँ,” उहाँले भन्नुभयो, “बाहिर प्रयोगका लागि गइरहेका परीक्षणका विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजना अनुसार काम थालिएको छ ।”

डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकामा क्षमता वृद्धि गरेर ३२ पु¥याइसकेको बताउनुभयो । अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाइमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएको भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेकाले यसको व्यवस्थापनका लागि काम भइरहेको निमित्त निर्देशक गौतमले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार