कार्तिक २२, २०८३ आइतबार November 8, 2026

धौलागिरि बहुमुखी क्याम्पसमा एक करोडको कोष स्थापना

सयौं विद्यार्थीको रोजाईमा पर्ने क्याम्पसमा पछिल्लो समय भने विद्यार्थीको सङ्ख्या दिनदिनै घट्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागलुङ, फागुन १६ गते । जेहेन्दार तथा विपन्नलाई निशुल्क रूपमा पठनपाठनको व्यवस्था मिलाउन साविक धौलागिरी अञ्चलको एकमात्र आंगिक क्याम्पस धौलागिरि बुहुमुखी क्याम्पस बागलुङमा एक करोडको कोष स्थापना गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अगुवाईमा कोष स्थापना गरिएको हो । कोषमा हालसम्म ७५ लाख रुपियाँ जम्मा भएको छ ।

एक करोड रुपियाँको छात्रवृत्ति कोष स्थापना गर्ने लक्ष्यसहित गत वर्ष स्ववियूको अगुवाईमा देउसीभैलो कार्यक्रम समेत सञ्चालन गरिएको थियो । ‘कोषमा छिट्टै एक करोड रुपियाँ पुर्‍याउने र क्याम्पसलाई हस्तान्तरण गर्नेगरी आर्थिक सङ्कलनको काम भइरहेको छ,’ स्ववियु सभापति सुदिप सागर कँडेलले भन्नुभयो । कोषका लागि क्याम्पस परिवार, शिक्षाप्रेमी, पूर्व विद्यार्थी तथा स्थानीय तहले समेत उत्साहजनक साथ दिएको कँडेलको भनाइ छ ।

कोषको ब्याज रकमबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक वर्ष १ सय विद्यार्थीलाई निःशुल्क शिक्षा दिने योजना रहेको सभापति कँडेलले बताउनुभयो । आर्थिक अभावकै कारण उच्च शिक्षाबाट बञ्चित विपन्नलाई कोषले राहतको काम गर्ने कँडेलले बताउनुभयो । कोष निर्माणका लागि देउसीभैलोबाट ४५ लाख रुपियाँ सङ्कलन भएको थियो । शिक्षाप्रेमी, समाजसेवी र अग्रजहरूबाट कोषलाई २० लाख रुपियाँ प्राप्त भइसकेको छ ।

सयौं विद्यार्थीको रोजाईमा पर्ने क्याम्पसमा पछिल्लो समय भने विद्यार्थीको सङ्ख्या दिनदिनै घट्दै गएको छ । त्यसमा पनि क्याम्पसमा मानविकी तथा सामाजिक शास्त्र सङ्काय त रित्तो बन्ने अवस्थामा पुगिसकेको छ । क्याम्पस प्रतिको घट्दो आकर्षणलाई छात्रवृत्ति कोषले थप आर्कषित गर्नेमा क्याम्पस प्रमुख सह–प्राध्यापक डा. सुर्दशन सिलवाल विश्वस्त हुनुहुन्छ । उच्च शिक्षाबाट बञ्चित विद्यार्थीलाई कोषले साथ दिने डा. सिलवालले बताउनुभयो ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार