असार २४, २०८२ मंगलबार July 8, 2025

केपी ओली कप : मछिन्द्र क्लब र केपी ओली एफसीबीच सेमिफाइनल भिडन्त हुँदै

प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौँमा जारी केपी ओली कपको दोस्रो सेमिफाइनल खेल आज हुदै छ ।

दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीसँग मछिन्द्र क्लब भिड्दै ।

आयोजक केपी ओली एफसीले न्यूरोड टिमलाई हराउदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

यसअघि शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

अब त्रिभुवन आर्मीले फाइनलमा आयोजक केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ । प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुदै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया