श्रावण २०, २०८३ बुधबार August 5, 2026

बेलायतमा नोरोभाइरस सङ्क्रमणमा वृद्धि

६५ वर्ष वा माथिका व्यक्तिहरूमा सबैभन्दा धेरै केसहरू फेला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लन्डन, फागुन १७  गते । बेलायतका स्वास्थ्य अधिकारीहरूले यस हप्ता नोरोभाइरसको सम्भावित दोस्रो लहरको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

युके हेल्थ सेक्युरिटी एजेन्सी (युकेएचए) को पछिल्लो तथ्याड़कले देशभरि नोरोभाइरसका केसहरू बढ्दै गएको देखाएको छ ।

युकेएचएले अघिल्लो पन्ध्र दिनको तुलनामा फेब्रुअरी ३ र १६ बीचमा भाइरसका केसहरू झन्डै ३० प्रतिशतले बढेको र पाँच–सिजनको औसतभन्दा दोब्बर बढी भएको बताएको छ ।

blogस्वास्थ्य एजेन्सीका अनुसार ६५ वर्ष वा माथिका व्यक्तिहरूमा सबैभन्दा धेरै केसहरू फेला परेका छन् ।

मौसम न्यानो हुने बित्तिकै उक्त केसहरू सामान्यतया वर्षको यो समयको घट्न थाल्छन् ।

भर्खरको तथ्याङ्कले यो सिजन नयाँ जीआइआइ १७ जीनोटाइपसँग जोडिएका केसहरूको सङ्ख्यामा वृद्धि भएको देखाएको छ । यसैबीच, जीआइआइ ४ जीनोटाइप पनि बढिरहेको छ ।

नोरोभाइरस सङ्क्रमणका सामान्य लक्षणहरूमा बान्ता, पखाला र पेट दुख्ने समावेश छन् । भाइरसले कहिलेकाहीं ज्वरो, टाउको दुखाइ र मांसपेशी दुखाइ हुन सक्छ । यी लक्षणहरू सामान्यतया सङ्क्रमित भएको एक वा दुई दिन पछि सुरु हुन्छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार