असार २२, २०८२ आइतबार July 6, 2025

ठुलो सहकारी ठगी प्रकरण: बराह सहकारीमा १० अर्ब हिनामिनामा २६२ विरुद्ध मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थामा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना भएको छ ।

सो प्रकरणमा संलग्न भएको अभियोगमा २६२ जनाविरुद्ध बिहीबार सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । बराह अहिलेसम्मकै दोस्रो ठुलो सहकारी ठगी प्रकरण मानिएको छ ।

मुख्य प्रतिवादी सहकारीका सञ्चालक शिवकुमार विश्वकर्मा लामिछानेविरुद्ध पाँच अर्ब ८८ करोड ४० लाख रुपैयाँ बिगो कायम गरिएको छ । अनुसन्धानमा उनले सहकारीको रकम विभिन्न कम्पनीमा लगानी गरी खर्चेको खुल्न आएको छ । कतिपय रकम उनले आवश्यक प्रक्रिया पूरा गरेर लगानी गरे पनि कतिपय विनाधितो लिएको पाइएको छ । प्रहरीले अनुसन्धान सुरु गरेलगत्तै सम्पत्ति बिक्री गरी उनी फरार भएका थिए र हालसम्म पक्राउ परेका छैनन् ।

त्यस्तै, मन्दिरा विश्वकर्मा लामिछानेविरुद्ध एक अर्ब २३ करोड ११ लाख, मानबहादुर विश्वकर्माविरुद्ध एक अर्ब ११ करोड ८१ हजार, प्रकाश लामगादेविरुद्ध ४८ करोड १८ लाख ८९ हजार तथा हरिकुमार धमला विश्वकर्माविरुद्ध ३७ करोड ६१ लाख २४ हजार बिगो कायम गरी मुद्दा दायर भएको छ । ठगीका मुख्य योजनाकारमध्ये अर्की मन्दिरा लामिछाने विश्वकर्मा पनि फरार रहेकी छिन् । यसबाहेक शुभराज खातीविरुद्ध ४४ करोड २४ लाख १३ हजार, सुरेश विकविरुद्ध ३४ करोड ४० लाख बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

सहकारीमा सामान्य भूमिका भएका व्यक्तिलाई भने थुनामै राखेर अनुसन्धान गरिएको थियो । प्रहरीले रविकुमार सुनार, सुदिन विक, रिना राई लामिछाने, विष्णुकुमारी तुलाधर, फूलमाया राई, अस्मिता भण्डारी, श्रीमान महत, सरिता कालिकोटे, इन्द्रबहादुर विश्वकर्मालगायतलाई पक्राउ गरी अनुसन्धान गरेको हो । प्रहरीले सहकारी ठगीका साथै संगठित अपराध मुद्दा पनि चलाएको छ । तर, सम्पत्ति शुद्धीकरणतर्फ भने अनुसन्धान हुन सकेको छैन । शिवशिखर सहकारीबाट सर्वसाधरणको करिब १२ अर्ब हिनामिना भएको छ । नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार