असार २२, २०८२ आइतबार July 6, 2025

इपिएसको आवेदन आह्वानमा ढिलाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यस वर्षका लागि इपिएसमार्फत कोरियाली भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिला गरेको छ ।

अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा पुसमै भाषा परीक्षाको आवेदन खुला गरेको एचआरडी कोरियाले अहिलेसम्म आवेदन माग गरेको छैन ।

परीक्षाको मिति तय नहुँदा भाषा परीक्षाको तयारीमा रहेका युवाले ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखामा बारम्बार सम्पर्क गर्दै आएका छन् । यता एचआरडी कोरियाको वेबसाइटमा पनि नेपालसहित केही देशमा इपिएस भाषा परीक्षाको आवेदन मिति तय हुन बाँकी रहेको उल्लेख छ । सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । तीमध्ये केहीको करार सम्झौतासमेत भई जान सुरु गरेको इपिएस कोरिया शाखाले जनाएको छ ।

इपिएस कोरिया शाखाका निर्देशक राजकुमार राईले हालसम्म इपिएस कोरिया शाखामा एचआरडी कोरियाबाट भाषा परीक्षाको कार्यतालिका प्राप्त नभएको र कुनै जानकारी पनि प्राप्त नभएको बताउनुभयो । यसले अन्योलको अवस्था देखिएको उहाँको भनाइ छ ।

अघिल्लो वर्षमा एउटै क्षेत्रमा आवेदन दिनेहरूको सङ्ख्या धेरै हुँदा एचआरडी कोरियाले कोरियाली भाषा परीक्षा सक्न एक वर्ष लागेको थियो । त्यसैले गर्दा असर नयाँ आवेदन देखिएको अनुमान छ । एचआरडी कोरियाले तत्काल लिने श्रमिकको सङ्ख्याभन्दा बढीमा २० प्रतिशत मात्रै रोस्टरमा रहने गरी माग गर्ने गरी तयारी इपिएस शाखाको छ । यसअघि दक्षिण कोरियाले इपिएस भाषा परीक्षामा श्रमिकको माग सङ्ख्याभन्दा दुई तिहाइभन्दा बढी मात्रै आवेदन लिन नेपाललाई आग्रह गरेको थियो । एचआरडी कोरियाले सन् २०२५ मा नेपालका लागि इपिएस अन्तर्गत यस वर्ष सेवामूलक र वन विज्ञानसहित ‘होटेल तथा रेस्टुराँ’ र पानीजहाज निर्माणका क्षेत्रमा पनि भाषा परीक्षा सञ्चालन गर्ने बुझिएको छ । त्यसो त यसअघि नै भाषा परीक्षा उत्तीर्ण भएर पनि दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपालीको सङ्ख्या ३० हजारभन्दा धेरै रहेको छ ।

एचआरडी कोरियाले इपिएस प्रणालीमार्फत १६ देशबाट श्रमिक लगिने गरेकोमा यस पटक ताजिकिस्तान पनि थपिएको छ । देश थपिएसँगै सन् २०२५ मा नेपालबाट दक्षिण कोरिया लैजाने श्रमिकको सङ्ख्या उल्लेख्य मात्रामा घट्न सक्छ ।

दक्षिण कोरियाले इपिएस प्रणालीबाट बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, क्याम्बोडिया, म्यान्मारसहित विभिन्न देशहरूबाट कामदार लैजाने गरेको छ । तीमध्ये पछिल्ला वर्षमा सबैभन्दा धेरै श्रमिक नेपालबाट पर्ने गरेका छन् ।

सन् २०२३ मा नेपालबाट इपिएस प्रणाली अन्तर्गत १९ हजार ६९८ कामदार रोजगारीका लागि छनोट भएका थिए । त्यसअघि सन् २०२२ मा १४ हजार जना गएका थिए । भाषा परीक्षाको आवेदन खुलाउनुअघि गर्नुपर्ने दुई देशबिचको द्विपक्षीय श्रम सम्झौता नवीकरण पनि बाँकी छ । नेपाल र दक्षिण कोरियाबिच हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने श्रम सम्झौता २०२४ नोभेम्बरमा सकिएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार