श्रावण २०, २०८३ बुधबार August 5, 2026

मापदण्डसहित विपरीत अस्पताल सञ्चालन गर्ने राजन साह पक्राउ

सामान्य बिरामीको उपचार गर्दा सिभिल हयुमन हस्पिटल एन्ड रिसर्च सेन्टरले चर्को मूल्य लिने गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट । मापदण्डसहित दर्ता गरेर मात्र सञ्चालन गर्न दिएको आदेश विपरीत चन्द्रनिगाहपुरमा अस्पताल सञ्चालन गर्ने एक जना पक्राउ परेका छन् ।

गत शनिवार मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले छड्के अनुगमन गर्ने क्रममा रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित दश वटा अवैध अस्पताल तत्कालै बन्द गरी कानुनी प्रक्रिया पुरा गरेर मात्र सञ्चालन गर्न दिएको पत्र विपरीत सञ्चालन गर्ने सिभिल हयुमन हस्पिटल एन्ड रिसर्च सेन्टरका सञ्चालक राजन साह पक्राउ परेका छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले अस्पताल अनुगमन गर्ने क्रममा मापदण्ड, दर्ता प्रक्रिया भए नभएको अध्ययन गरी अवैध अस्पताल तत्कालै बन्द गर्न निर्देशन दिनु भएको थियो ।

अवैध अस्पताल बन्द गर्न पत्राचार विपरीत सञ्चालन गरेको पाइएपछि सिभिल हयुमन हस्पिटल एन्ड रिसर्च सेन्टरका सञ्चालक राजन साह लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताउनु भयो ।

मुख्यमन्त्रीकाे निर्देशन पछि चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, चन्द्रपुर सामुदायिक अस्पताल, पब्लिक लाइफ केयर पोल क्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोल क्लिनिक प्रा.लि, चपुर अर्थोपेडिक एन्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, एपोलो अस्पताल बन्द रहेका छन् ।

सामान्य बिरामीको उपचार गर्दा सिभिल हयुमन हस्पिटल एन्ड रिसर्च सेन्टरले चर्को मूल्य लिने गरेको गुनासो स्थानीयको रहेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनको क्रममा सो अस्पतालका बिरामीले लिएको शुल्कनै देखाईदिएका थिए । सिभिल हयुमन हस्पिटल एन्ड रिसर्च सेन्टरले आइसियु तथा अप्रेसन सञ्चालन गरे पनि त्यसको आधारभूत मापदण्ड पनि पूरा नगरेको मुख्यमन्त्री सतिश सिंहले भन्नुभयो ।

उहाँले विना दर्ता बिना मापदण्ड अस्पताल सञ्चालन गरेको भन्दै तत्काल त्यहाँ उपचारत बिरामीहरू अन्य अस्पतालमा सारेर अस्पताल बन्द गर्न दिएको निर्देशन विपरीत सञ्चालन गरेपछि साह पक्राउ परेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार