श्रावण २०, २०८३ बुधबार August 5, 2026

लायन्स हेरिटेज धरहराको स्वास्थ्य शिविर सम्पन्न

सयौं बिद्यार्थी र प्राध्यापकले लिए निशुल्क स्वास्थ्य लाभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १९ फाल्गुन । विश्वभर सामाजिक सेवामा अग्रणी स्थानमा रहेको लायन्स क्लब इन्टरनेशनलको नेपालस्थित डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको ‘लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहराको बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सोमबार नेपालटारस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पस प्राङ्गणमा लियो क्लब अफ काठमाण्डौं जाउलाखेल फ्रेन्डस्को सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

निशुल्क स्वास्थ्य शिविरमा १७२ जनाले आँखा तथा २ सय ५ जनाले दाँत परीक्षण गराएर स्वास्थ्य लाभ लिएका थिए । उक्त शिविरमा ६८ जनाले रक्तदान कार्यक्रममा सहभागी हुँदा ६८ पिन्ट रगत सङ्कलन भएको  आयोजक क्लबका अध्यक्ष भुपेन्द्र सिलवालले बताए । लायन्सको निशुल्क स्वास्थ्य शिविरका कारण स्थानीय रक्त सञ्चारलाई ठूलो मद्दत पुर्‍याएको लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालकी रिजन चियरपर्शन सुष्मा भण्डारीले बताइन् ।

No description available.क्लबका अध्यक्ष भूपेन्द्र सिलवाल ‘टाइसन’ले स्थानीय समुदायको स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले यस प्रकारका कार्यक्रमहरूले उच्च शिक्षालयमा सकारात्मक प्रभाव पार्ने विश्वास पनि व्यक्त गरे ।

No description available.यस स्वास्थ्य शिविरमा सहभागीहरूमध्ये धेरैले स्वास्थ्यसम्बन्धी परामर्श पनि पाएका थिए, जसले उनीहरूलाई आफ्नो स्वास्थ्यको ध्यान राख्न प्रोत्साहित गरेको छ । लायन्स क्लबले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने र समुदायको सेवा गर्ने  प्रतिबद्धता जनाइन् ।

No description available.उक्त शिविरमा लियो क्लब अफ काठमाण्डौं जाउलाखेल फ्रेण्डस तारकेश्वर क्लब ६०ले सहआयोजना गरेका थिए भने ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, ॐ समाज डेण्टल अस्पताल र किर्तिपूर आँखा अस्पतालले प्राविधिक सहयोग गरेका थिए । रक्तदान दिने दातालाई लायन्स क्लबले प्रमाणपत्र समेत उपलब्ध गराएको थियो ।

May be an image of 8 people, people studying, hospital and text

May be an image of 4 people, hospital and text

May be an image of 5 people and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार