असार २१, २०८२ शनिबार July 5, 2025

जनसम्पर्कका सुरक्षाकर्मी कोरोनाबाट बढी प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल-भारत सीमा सुरक्षाअन्तर्गत इलामको पशुुपति नाकामा खटिएका सशस्त्र प्रहरी कर्मचारीमा खोकी र ज्वरोको लक्षण देखापरेपछि ‘पीसीआर’ परीक्षण गर्दा पाँच जनामा कोरोना सङ्क्रमण देखा पर्यो । त्यसको केही दिनपछि इलामस्थित गणमा कार्यरत अन्य कर्मचारीको पीसीआर गर्दा ४७ मा र बिहीबार थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार सीमा नाकाबाट आवतजावत गर्नेबाट कोरोना सरेको अनुमान गरिएको छ । विशेष गरी ‘बन्दाबन्दी’ हटेपछि सीमा नाकामा नेपाली तथा भारतीय नागरिकको ओहोरदोहोर बाक्लो भएका कारण सुरक्षामा खटिएका कर्मचारीमा कोरोना सङ्क्रमण बढेको दाबी उहाँले गर्नुभयो ।

सुरक्षाकर्मीमा कोरोना फैलिनुमा नागरिकसंँगको प्रत्यक्ष सम्पर्क मुख्य कारण भएको बताइएको छ । त्यस्तै नेपाल प्रहरीको नक्सालस्थित प्रधान कार्यालयमा कार्यरत ८५ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।

नागरिकको शान्तिसुरक्षा, विपद् व्यवस्थापन, सञ्चार तथा सवारी महाशाखामा कार्यरत प्रहरी कर्मचारीमा सङ्क्रमण बढी देखिएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानलगायत विपद् व्यवस्थापन तथा उद्धारमा खटिएकाबाट प्रहरी प्रधान कार्यालयभित्र कोरोना फैलिएको अनुमान छ । प्रहरी प्रवक्ता कुवेरसिंह कडायत शान्तिसुरक्षा र नागरिक सेवाकै क्रममा प्रहरीमा कोरोना सङ्क्रमण भित्रिएको बताउनुहुन्छ ।

प्रवक्ता कडायत नागरिकको सुरक्षामा खटिँदा खटिँदै प्रहरी कर्मचारीमा कोरोना सरेको दाबी गर्दै सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा जो जससंँग सम्पर्क देखिन्छ, सबैमा कोरोना छैन भन्नुहुन्छ ।

नियमित ट्राफिक व्यवस्थापन गर्न सडकमा खटिने ३५० भन्दा बढी प्रहरी कर्मचारी क्वारेन्टाइनमा छन् । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण प्रतिदिन जटिल रूपमा बढ्न थालेपछि बिहीबारबाट सवारी सञ्चालनमा जोर–बिजोर व्यवस्था लागू गरिएको छ ।

ट्राफिक महाशाखामा पाँच, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका छ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार