काठमाण्डौः राजविराज नगरवासी पीडित संघर्ष समितिले बिटौरी तथा ब्लक जग्गाको समस्या समाधानका लागि सुरु भएको आन्दोलन स्थानीय प्रशसनको आग्रहमा दुई साताका लागि स्थगित भएपनि समस्या समाधान नभए पुनः संघर्षका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
बिहीबार समितिका संयोजक इरसाद अन्सारीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । “समितिले आन्दोलन सुरु गरेपछी स्थानीय प्रशासन, जनप्रतिनिधि लगायत सरोकारवालाको आग्रहमा भएको वार्ता मार्फत दुई सातामा समस्या समाधानको उपाय खोज्ने भनी त्यस अवधीभर आन्दोलन रोक्न गरिएको आग्रहलाई स्वीकार्दै आन्दोलन रोकिएको हो, विज्ञप्तिमा भनिएको छ–माग पुरा हुने अवस्था नदेखिए पुनः आन्दोलनमा उत्रनु विकल्प रहने छैन् ।”
यसबीचमा भावी आन्दोलनका लागि वडा वडामा संघर्ष समितिको गठनको काम भइरहेको जानकारीका साथ विज्ञप्तिमा हालसम्म प्राप्त सहयोगका लागि सबैलाई धन्यवाद दिइएको छ ।
गत फागुन १८ गते आन्दोलन चर्किदै जाँदा राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले १५ दिनभित्र बिटौरी तथा ब्लक जग्गा लगायतका समस्या समाधानका लागि काम गर्ने भन्दै ९ सदस्यीय समिति गठन गरि तत्कालका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको थियो ।
२०१६ सालमै नगरपालिका घोषणा भएको राजविराज नगरको ६८ विगहा क्षेत्रफलमा बसोवास गर्दै आएका ५ हजार २ सय ३३ परिवार हालसम्म लालपूर्जा पाउन सकेका छैनन् । यसैब विषयलाई लिएर नगरवासीले संघर्ष समिति नै गठन गरि चरणबद्ध आन्दोलन थालेका छन् । राजधानी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया