असार २३, २०८२ सोमबार July 7, 2025

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छः मुख्यमन्त्री कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर, २३ फागुनः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

विराटनगर ट्रक व्यवसायी सङ्घको ३३औँ वार्षिक साधारणसभा एवं १७औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले चाहेर पनि सबै काम गर्न नसक्ने भएकाले निजी क्षेत्रको साथ र सहयोग आवश्यक छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “उत्पादन बढाउने, राष्ट्रिय आय अभिवृद्धि गर्ने र रोजगार सिर्जना गर्नसक्ने निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर छु ।” उहाँले विगतमा सिमसार क्षेत्र, वनभोज स्थल, मठमन्दिरमा गरेका लगानीबाट सोचेजति प्रतिफल प्राप्त हुन सकेकाले सरकार यसबाट पाठ सिकेर उत्पादन र सेवाका क्षेत्रमा लगानी गर्ने योजनामा रहेको जानकारी दिनुभयो ।

ट्रक व्यवसायी सङ्घको आग्रहमा ट्रक पार्किङस्थल निर्माणका गर्न प्रदेश सरकारले रु दुई करोड लगानी गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “पार्किङस्थल निर्माणबाट सडकमा थुप्रिएर रहेका ट्रकको पनि व्यवस्थापन हुने र यसबाट प्रदेश सरकारलाई आम्दानी पनि हुनेछ ।”

उहाँले असारे विकासलाई हतोत्साहित गर्न जेठ १५ गतेदेखि निर्माणका काम रोकी अनुगमनलाई प्रभावकारी ढङ्गले परिचालन गर्ने बताउनुभयो । साथै सरकार अब कृषि र पर्यटनका क्षेत्रमा योगदान दिन चाहेको धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माण गर्न सरकारले लगानी सम्मेलन गर्न लागेको र यसबाट प्रदेशमा लगानीका सम्भावनाहरु बढ्ने, रोजगार सिर्जना हुने, उत्पादन एवं उत्पादकत्व पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार