असार २३, २०८२ सोमबार July 7, 2025

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ फागुन : भारत भ्रमणमा रहनुभएका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा छलफल भएकोे मन्त्री शाहीका प्रमुख स्वकीय सचिव लेकविक्रम शाहीले राससलाई जानकारी दिनुभयो । सो अवसरमा मन्त्री शाहीले दुई देश बिच घनिष्ट सम्बन्ध रहिआएको उल्लेख गर्दै नेपालको विकास र विभिन्न क्षेत्रमा भारत सरकारको सहयोगका लागि आभार व्यक्त गर्नुभएको थियो ।

उहाँले भारतमा जस्तै नेपालमा पनि वन क्षेत्र र वन्यजन्तुको सङ्ख्या वृद्धि भइरहेको बताउनुभयो । उहाँहरुबीच जैविक विविधता संरक्षणमा सहकार्य गर्न द्विपक्षीय सम्झौता गर्न सकिने बारेमा छलफल भएको थियो । मन्त्री शाहीले रक्तचन्दन व्यवस्थापनका लागि सहयोग र सहकार्य गर्न चाहेको तथा दक्षिण एसियामा वायु प्रदूषण साझा समस्याका रुपमा रहेकाले कुनै साझा कार्यक्रम वा परियोजना बनाएर काम गर्नुपर्ने बताउनुभएको थियो ।

उहाँले हिमालयमा परेको जलवायु असर बारे विश्व समुदायलाई ध्यानाकर्षित गर्न नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ बिषयमा आयोजना गर्न लागेकोे सगरमाथा संवाद कार्यक्रममा औपचारिक निमन्त्रणा गरिने जानकारी दिँदै सहभागिताका लागि अनुरोध गर्नुभयो ।

भेटमा दुई देशका उच्च अधिकारीको सहभागिता थियो । ‘विश्व दिगो सम्मेलन’मा सहभागी हुन यही फागुन २० गते नयाँ दिल्ली प्रस्थान गर्नुभएका मन्त्री शाही फागुन २४ गते स्वदेश फर्कने तालिका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार