असार २२, २०८२ आइतबार July 6, 2025

अबको अभियान अर्थपूर्ण सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन २४ गते ।

‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः

यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः’

“जहाँ स्त्रीको पूजा हुन्छ, त्यहाँ देवताको बास हुन्छ । जहाँ स्त्रीको पूजा हुँदैन वा सम्मान हुँदैन, त्यहाँ गरिएका सम्पूर्ण असल कर्म पनि निष्फल हुन्छन्,” भनिए जस्तै वास्तवमै नेपाली महिला आन्दोलन सफलताको नवीन अध्यायतर्फ उन्मुख छ, जसले समानता र समतामूलक समाज निर्माण गरी आर्थिक समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ प्रेरणादायी अग्रसरता लिइरहेको छ । यही परिवेशमा आज ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ ।

नेपाली राजनीतिक आन्दोलन, सामाजिक रूपान्तरण र आर्थिक समुन्नतिका चरणबद्ध क्रान्तिमा ‘आधा आकाश ढाकेका’ महिलाको समान र सङ्घर्षपूर्ण सहभागितासँगै देशमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भयो । गणतन्त्र स्थापनासँगै महिला आन्दोलनले नयाँ उचाइ लियो । नेपाली महिला आन्दोलनले संविधानतः राज्यका तीन वटै तहमा ३३ प्रतिशत सहभागिता सुनिश्चित ग-यो । अब ‘निर्णायक भूमिका, अर्थपूर्ण सहभागिता’ को अठोटका साथ राष्ट्रको समृद्धि, समुन्नति र आर्थिक विकासमा महिला आन्दोलन अघि बढ्दै छ ।

राज्य सञ्चालनको सर्वोच्च निकाय मन्त्रीपरिषद्मा पहिलो पटक विसं २०१५ को आमनिर्वाचनमा निर्वाचित भएर २०१६ जेठ १३ गते उपमन्त्री र त्यही वर्ष असार १८ गते सहायकमन्त्री हुनुभएकी द्वारिकादेवी ठकुरानीबाट प्रारम्भ भएको सत्ता सञ्चालनको सहभागिता सात दशकपछि सङ्घीय सरकार, प्रदेश सरकार र देशभरिका स्थानीय तहमा सङ्ख्यात्मकसँगै गुणात्मक नेतृत्वका रूपमा विकास भएको छ । देशको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्की, पहिलो सभामुख ओनसरी घर्तीदेखि राजनीतिकसँगै सामाजिक, आर्थिक क्षेत्र, निजामती सेवादेखि हरेक क्षेत्रको नेतृत्वमा महिला पुग्नुभएको छ । यद्यपि प्रथा, परम्परा, गरिबीजनित अवस्थाले बहुसङ्ख्यक नेपाली महिलाको अवस्था कमजोर छ । श्रमिक महिलाको ज्याला उचित मूल्याङ्कित छैन ।

राजनीतिक आन्दोलनमा चार दशकभन्दा बढी समयदेखि सव्रिmय नेतृहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र पहिलो सभामुख एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीमगरले संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि अबको अभियान निर्णायक भूमिका र अर्थपूर्ण सहभागितामा केन्द्रित भएको बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री उपाध्यायले भन्नुभयो, “राज्यका तीन वटै संरचनालाई सहभागिता सुनिश्चित भएको छ । अरू तहमा पनि संरचनागत रूपमा सहभागिता सुनिश्चित भएको छ । समानताका सन्दर्भमा हामी बराबरी हो मान्यता स्थापित हुँदै छ ।”

उहाँले यसलाई अझै पनि अर्थपूर्ण सहभागिता मान्न नसकिने बताउनुभयो । उहाँले विद्यमान सामाजिक कुरीति, महिला हिंसा अन्त्य गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले संविधानको कार्यान्वयन पक्षको समीक्षा गर्ने र कमजोरीका सन्दर्भमा बहसमार्फत निष्कर्षमा पुगेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अबको आन्दोलन निर्णायक भूमिकामा महिला सहभागिता र अर्थपूर्ण सहभागिताका लागि हो । महिला आन्दोलनले सकारात्मक सोच निर्माण गरी रूपान्तरण हासिल गर्नु पर्छ ।”

‘सामूहिक प्रयासबाटै अघि बढ्नु पर्छ’

एमाले उपाध्यक्ष शाक्यले समाज रूपान्तरण र देशको समृद्धि स्थापित गर्ने सन्दर्भमा महिला आन्दोलन अग्रसर हुनुपर्ने बताउनुभयो ।

उहाँले सबै क्षेत्रमा रूपान्तरण गरी न्याय र समानतायुक्त नेपाल निर्माण गर्ने विश्वमा परिचित गराउने अठोट लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल जहिले पनि शोषण र उत्पीडनको देश होइन । महिला अझै सशक्त हुनु पर्छ, महिलाको उपस्थिति प्रभावकारी हुनु पर्छ । आँट, साहसलाई प्राथमिकता दिनु पर्छ । यसका लागि महिलाकै बिचमा एकता चाहिन्छ । सामूहिक प्रयास हुनु पर्छ ।”

उहाँले महिला सङ्गठन धेरै भए पनि साझा भावना कमजोर हुँदा महिलाका कतिपय मुद्दा स्थापित नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “आआफ्नो पार्टी हेरेर महिलाका मुद्दा सम्बोधन हुँदैन । उपलब्धि हासिल गर्न एकताबद्ध प्रयास हुनु पर्छ । महिला हिंसाको सिकार बन्नु हुँदैन । महिला एकताबद्ध भएर आमरूपमा देखिएका समस्या समाधान गर्नु पर्छ ।”

पूर्वसभामुख घर्तीमगरले शोषण र विभेद अन्त्य भए पनि बराबरीको अधिकार स्थापित गर्नका लागि सङ्घर्ष अझै बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्रसम्म आइपुग्दा महिला मुक्तिका लागि हजारौँ वीराङ्गनाको गाथा हामीले बिर्सिनु हुँदैन । संविधानमा ३३ प्रतिशत सहभागिता सुनिश्चित भएको छ । यसलाई कार्यान्वयन गर्दै महिलाबिच एकताका आधारमा सङ्घर्षमार्फत थप उपलब्धि

हासिल गर्नु पर्छ । राष्ट्रको समुन्नतिको अभिभारा सँगसँगै पूरा गर्नु पर्छ ।”गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार