असार २५, २०८२ बुधबार July 9, 2025

थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टिः संक्रमण शून्य हुने जिल्लाको संख्या सात पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लाे चौबिस घण्टामा देशभरका प्रयाेगशालामा गरिएकाे परीक्षणमा शुक्रबार थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रामशाहपथ स्थित मन्त्रालयमा आयोजित गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले हालसम्म संक्रमित हुनेकाे संख्या २२ हजार दुई सय ४१ पुगेकाे जनाएकाे छ । मन्त्रालयका अनुसार नेपालमा ५ सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट,  महोत्तरी र काठमाडौं रहेका छन् ।

यसैगरी कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ७ पुगेको छ। प्रवक्ता डा. गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरका आइसोलेसनमा ६ हजार तीन सय ३० संक्रमित रहेका छन् । प्रवक्ता गौतमका अनुसार लक्षण भएका संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार