असार २२, २०८२ आइतबार July 6, 2025

पूर्वतयारीका आयोजना प्रस्ताव गर्न जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अर्थ मन्त्रालयले पूर्वतयारी भएका आयोजनाका लागि मात्र बजेट प्रस्ताव गर्न जोड दिएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा जुटेको मन्त्रालयले पूर्वतयारी सम्पन्न भएका रूपान्तरणकारी एवं राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न जोड दिएको हो ।

मन्त्रालयगत छलफल चरणमा रहेको अर्थले असङ्ख्य योजना तथा कार्यक्रमबाट बाहिर आएर पूर्वतयारीका आयोजना राखेर बजेट माग गर्न आग्रह गरिरहेको छ । आइतबार पनि अर्थले खानेपानी मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छुट्टाछुट्टै छलफल गर्दै प्राथमिकता प्राप्त आयोजनामा केन्द्रित हुन आग्रह गरेको हो ।

छलफलमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन करोड रुपियाँभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गर्नुभयो । प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्न सक्ने कार्यक्रममा सम्बन्धित सरकारकै भूमिका बढाउनुपर्नेमा उहाँको जोड थियो । यसका लागि बिउपुँजी दिएर भए पनि प्रदेश र स्थानीय तहको कार्य क्षेत्रभित्रका आयोजना तथा कार्यक्रम हस्तान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्रालयगत छलफलका क्रममा अर्थले यसअघि भौतिक तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरिसकेको छ । त्यस क्रममा पनि अर्थले तयारी पूरा भएका आयोजना तथा कार्यक्रम मात्र प्रस्ताव गर्न जोड दिएको थियो ।

मन्त्रालयका लागि तोकिएको बजेट सिलिङभित्र रहेर कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्दा बिचमा संशोधन गर्नु नपर्ने र बजेट यथार्थपरक बन्नेमा मन्त्रालयको जोड थियो । त्यस्तै तीन तहका सरकारको आफ्नो अधिकार क्षेत्रभित्रका आयोजना सम्बन्धित सरकारलाई नै हस्तान्तरण गरेर सङ्घीयता सबल बनाउनुपर्नेमा अर्थले बारम्बार जोड दिँदै आएको छ ।

संवैधानिक प्रावधान अनुसार जेठ १५ गते आगामी आवको बजेट संसद्मा प्रस्तुत गर्नुपर्ने हुन्छ । सोही अनुसार अर्थले बजेट तयारीलाई तीव्रता दिएको छ । त्यसअघि राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब रुपियाँको बजेटको सीमा तोकिसकेको छ । तोकिएको सीमाभित्रै रहेर बजेट तयारी गर्ने मन्त्रालयले जनाएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार