असार २२, २०८२ आइतबार July 6, 2025

प्रेस काउन्सिलको निर्णयप्रति मिडिया एलायन्सको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अंग्रेजी दैनिक ‘द हिमालन टाइम्स’लाई कालो सूचीमा राख्ने प्रेस काउन्सिल नेपालको निर्णयप्रति मिडिया एलायन्सको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रेस काउन्सिल नेपाल निष्पक्ष र पारदर्शी प्रक्रियाअनुरूप दुवै पक्षको भनाइलाई प्राथमिकताका साथ सुन्ने संवैधानिक दायित्व बोकेको संस्था प्रेस काउन्सिलले कुनै पनि निर्णयमा पुग्नुअघि सम्बन्धित पक्षसँग सत्यतथ्य बुझेर मात्रै प्रेस स्वतन्त्रता र निष्पक्षतालाई मनन गरोस् भन्ने मिडिया एलायन्सको भनाइ छ ।

‘द हिमालयन टाइम्सले काउन्सिललाई स्पष्टीकरणसहितको पत्रसमेत बुझाइसकेको र त्यसपछि कुनै छलफलबिना नै ‘कालोसूची’ मा राखिएको भन्दै कालोसूचीबाट तत्काल हटाउन आग्रह गरिरहेको अवस्थामा प्रेस काउन्सिल नेपाललाई आफ्नो निर्णयमा पुनर्विचार गरी सम्बद्ध पक्षसँग वार्ता अगाडि बढाउन आग्रह गर्दछौं’ मिडिया एलायन्सद्वारा मंगलबार जारी विज्ञप्तिमा यस्तो भनेको छ ।

यसैगरी, मिडिया एलायन्सले हतारमा गरिएको निर्णयले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यतामाथि आँच नपुगोस् भन्नेतर्फ सचेत रहँदै प्रेस जगत्लाई निर्धक्कसँग आफ्नो दायित्व पूरा गर्ने वातावरण प्रदान गर्न प्रेस काउन्सिलको ध्यानाकर्षण गराएको छ । मिडिया एलायन्सले सोही विज्ञप्तिमार्फत सधैंझंै सहयोगको अपेक्षा गरेको बताएको छ । राजधानी 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार