असार २२, २०८२ आइतबार July 6, 2025

भित्रियो साढे सात अर्ब लगानी

गत आवको सात महिनाको तुलनामा चालु आवमा दुई अर्बभन्दा बढी लगानी भित्रिएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन २८ गते । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा साढे सात अर्ब प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रिएको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि माघ महिनासम्म सात अर्ब ४५ करोड रुपियाँ लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा पाँच अर्ब १९ करोड रुपियाँ लगानी भित्रिएको हो । गत आवको सात महिनाको तुलनामा चालु आवमा दुई अर्बभन्दा बढी लगानी भित्रिएको हो ।

यस्तै सात महिनामा २६ अर्ब ८४ करोड १७ लाख ३३ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । नेपालमा लगानी गर्छु भनेर लगानी प्रतिबद्धता धेरै गरे पनि न्यून परिणाममा लगानी भित्रिने गरेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । सात महिनाको अवधिमा खुद पुँजीगत ट्रान्सफर पाँच अर्ब ८३ करोड रुपियाँ रहेको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ८० करोड रुपियाँ खुद पुँजीगत ट्रान्सफर भएको थियो ।

उद्योग विभागका अनुसार पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको छ । सबैभन्दा धेरै लगानी चीन, भारत, जापान, अमेरिका, बङ्गलादेशलगायतका मुलुकबाट लगानी प्रतिबद्धता आउने गरेको छ । विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार २६७ परियोजनामार्फत पाँच खर्ब ११ अर्ब ८९ करोड तीन लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ तर प्रतिबद्धताको न्यून रकम मात्र नेपालमा भित्रिने गरेको तथ्याङ्कले देखाएको छ ।  आजको  गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार