श्रावण २०, २०८३ बुधबार August 5, 2026

मुख्यमन्त्री सिंहद्वारा सर्लाहीका १५ अस्पताल बन्द गर्न निर्देशन

अनुगमनको क्रममा प्रादेशिक अस्पतालमा बिरामीलाई निःशुल्क खुवाइने खाना अस्वस्थकर रहेको पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको सदरमुकाम मलंगवामा सञ्चालनमा रहेका १५ वटा अस्पताल र पोलिक्लिनिक बन्द गर्न निर्देशन दिएको छ । बिहीबार साँझ प्रादेशिक अस्पतालसहित निजी अस्पताल र पोलिक्लिनिकको अनुगमन गर्दै, मुख्यमन्त्री सिंहले बन्द गर्न आदेश दिएका हुन् ।

संचालित १५ अस्पताल र पोलिक्लिनिकमा ‘मैक्स हस्पिटल’, ‘मिथिला डेन्टल क्लिनिक’, ‘दिनकर अस्पताल’, ‘रामावतार पेन पारालाइसीस सेन्टर’, ‘क्ल्याण हेल्थ केयर’, ‘शीतल डेन्टल केयर’, ‘चन्द्रकला पोलिक्लिनिक’, ‘इन्डो नेपाल आँखा अस्पताल’, ‘कान्तिपुर डेन्टल र एक्सरे क्लिनिक’, ‘प्रेमा हेल्थ क्लिनिक’, ‘सर्लाही कम्युनिटी हेल्थ केयर’, ‘गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र’, ‘सर्लाही पोलिक्लिनिक’, ‘सिद्धिदाता हेल्थ केयर’ र ‘देवश्री पोलिक्लिनिक’ रहेका छन् ।

साथै, अस्पताल सञ्चालनका लागि अनुमति लिएका जयश्री ओम हेल्थ केयर प्रालि, श्रीतिरुपति बालाजी पोलिक्लिनिक प्रालि र श्री ब्रह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र अनुमति नवीकरण गर्न निर्देशनसमेत मुख्यमन्त्री सिंहले दिएका छन् ।

उनले प्रादेशिक अस्पताल मलंगवाको समेत अनुुगमण गर्नुुभएको छ । अनुगमनको क्रममा प्रादेशिक अस्पतालमा बिरामीलाई निःशुल्क खुवाइने खाना अस्वस्थकर रहेको पाइएको छ । उनले अस्पतालका प्रमुखलाई क्यान्टिनमा सुधार गर्ने आदेश दिइएका छन् । साथै, आकस्मिक कक्षमा आवश्यक जनशक्ति पूर्ण रूपमा परिचालन गर्न र अन्तरङ्ग कक्षका लागि सूचीबद्ध एम्बुलेन्स चालकका नाम हटाउनसमेत निर्देशन दिइएको छ ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता औंल्याउँदै, आगामी दिनमा यस प्रकारका अनुगमन र सुधारात्मक कार्यहरू जारी राख्ने बताएका छन् । यस निर्णयले प्रादेशिक अस्पताल र निजी अस्पतालहरूको सेवा प्रवाहमा पारदर्शिता र गुणस्तर बढाउन मद्दत पु¥याउने जनमत पार्टीका जिल्ला ईन्चार्ज श्रीचन (सुुजन) यादवले विश्वास व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार