बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

एसइईमा ४ जीपीए ल्याउनेलाई एक लाख पुरष्कारको घोषणा

बारपाक सुलीकोट गाउँ कार्यपालिकाले गरेको निर्णयले शिक्षाको गुणस्तर कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिका भित्रका विद्यार्थीलाई प्रोत्साहन स्वरूप एक लाख रुपियाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

गाउँपालिकाले एक सार्वजानिक सूचना जारी गर्दै ४ जिपिए ल्याउने विद्यार्थीलाई एक लाख दिने घोषणा गरेको गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभयाे।

‘‘पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या निजि विद्यालयका कारण विद्यार्थीको सङ्ख्या घट्दै गएकाले सामुदायिक विद्यालयमा शैक्षिकगुणस्तर वृद्धि गर्नका लागि शिक्षा क्षेत्रमा पालिकाले लगानी गर्छ,’’ अध्यक्ष भट्टले भन्नुभयो, “सामुदायिक विद्यालयमा बालबालिका पढाउन प्रोत्सहान होस् भन्नुका साथै सामुदायिक विद्यालयका विद्यार्थीलाई थप पढ्न प्रेरण मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रम घोषण गरिएको हो ।”

विद्यालयका उत्कृष्ट विद्यार्थीलाई एक लाख नगदसहित गाउँपालिकाले ३.९० देखि ३.९९ जिपिए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जिपिए ल्याउनेलाई २५ हजार, ३.७० देखि ३.७९ जिपिए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जिपिए ल्याउनेलाई १५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

यस वर्षको एसइई परीक्षा आउने चैत ७ गतेबाट सञ्चालन हुँदैछ । गाउँपालिकाबाट यस वर्ष नियमित तर्फ २९८ जनाले एसइई परीक्षा दिँदै छन् । ग्रेड वृद्धितर्फ ७३ जना सहभागी हुने पालिकाले निकालेको सूचनमा उल्लेख छ ।

परीक्षाका लागि विद्यार्थीको मनोबल बढाउँदै थप हौसाला प्रदान गर्न प्रोत्साहन रकम घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष भट्टले जानकारी दिनुभयो । ‘‘गत माघ २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले यो निर्णय गरेको हो,’’ उहाँले भन्नुभयो, “आगामी वर्षहरूमा पनि यो कार्यक्रमले निरन्तरता पाउँछ ।”

बारपाक सुलीकोट गाउँ कार्यपालिकाले गरेको निर्णयले शिक्षाको गुणस्तर कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया