श्रावण २०, २०८३ बुधबार August 5, 2026

गोरखाको घैरुङ स्वास्थ्य चौकीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

शिविरमा आउने सबै बिरामीहरूलाई निःशुल्क औषधी वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सहिद लखन गाउँपालिका–६ को घैरुङ स्वास्थ्य चौकीमा हिजोदेखि भएको निःशुल्क स्वास्थ्य शिविर समापन गरिएको छ ।

रिपु मर्दन गण र सहिद लखन गाउँपालिकाको आयोजनामा हिजो र आज भएको ‘बृहत् स्वास्थ्य शिविर’ समापन भएको हो ।

लायन्स क्लब अफ गोरखा कालिका, प्रभु र सानिमा बैङ्कको सहयोग रहेको शिविरमा जाँच गराउने आउने मध्ये ४ जना महिलाको पाठेघरमा क्यान्सरको लक्षण देखिएको सहिद लखन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरूलाई पहिलो चरणको सेकाई विधिद्वारा उपचार गरिएको छ । थर्मोक्रोवुलेशन विधिद्वारा उपचार गरी उनीहरूलाई घर पठाइएको र १ वर्ष पछि गाउँपालिकाले नै उनीहरूलाई सम्पर्क गरी थप उपचारको व्यवस्था मिलाउने पनि प्रमुख श्रेष्ठले जानकारी दिएनुभयो।

शिविरमा विशेषज्ञ डाक्टरहरूको समूहले महिलाहरूलाई हुने पाठेघरको क्यान्सर स्क्रिनिङ्ग अर्थात् भिआईए जाँच गरिनुका साथै हाड जोर्नी, स्त्री रोग, चर्म रोग, मधुमेह, जनरल ओपिडी तथा विविध रोगका परीक्षण गरेका थिए ।

शिविर अवधिभर ५२५ जना बिरामीले सेवा लिएका थिए । जसमध्ये ३५८ जना महिला र १६७ जना पुरुष रहेको लायन्स क्लब अफ गोरखा कालिकाकी सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४१ जना महिलाले पाठेघरको स्क्रिनिङ्ग गराएका थिए । शिविरमा १० जनाले दाँत उपचार, १४९ जनाले हाड जोर्नी सेवा, ९० जना महिलाले स्त्रीरोग परीक्षण, २२ जनाले छाला रोग, ७३ जनाले ल्याब सेवा र २५४ जनाले जनरल सेवा लिएका छन् ।

शिविरमा आउने सबै बिरामीहरूलाई निःशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा ३ लाखभन्दा बढीको औषधी वितरण गरिएको सचिव श्रेष्ठले बत्ताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार