श्रावण २०, २०८३ बुधबार August 5, 2026

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

एकदिने स्वास्थ्य शिविरबाट चार सय १० जना नागरिकले स्वास्थ्य लाभ लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलकोट (बागलुङ), ३ चैत : कालिमाटीमा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरबाट चार सय १० जना नागरिक लाभान्वित भएका छन् । रोटरी क्लब अफ बागलुङ र रोटरी क्लब अफ मिट टाउन पोखराको आयोजनामा बागलुङ नगरपालिका–७ कालिमाटीमा आयोजित शिविरबाट नागरिकले विशेषज्ञ सेवा लिएको रोटरी क्लब अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

शिविरको शुभारम्भ वडाध्यक्ष मेघराज गैरेले गर्नुभएको थियो । उहाँले गाउँमै विशेषज्ञ सेवा प्रदानका लागि रोटरी क्लबले गरेको योगदानको चर्चा गर्नुभयो । रोटरी क्लब अफ बागलुङका अध्यक्ष शर्माले शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा नसारोग, मिर्गाैला तथा मूत्ररोग, आँखा, नाक, कान तथा घाँटीरोग, पेट, मुटु तथा छातीरोग र प्रयोगशाला सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले गाउँमै विशेषज्ञ सेवा प्रदान गर्दा नागरिकलाई रोगको पहिचान, उपचार तथा खर्च र समय बचत भएको बताउनुभयो ।

शिविरमा स्त्रीरोग विशेषज्ञ डा चण्डिका न्यौपाने, वरिष्ठ सर्जन डा भोजराज न्यौपाने र हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा पविन थापालगायत स्वास्थ्यकर्मीले सेवा दिनुभएको रोटरी क्लब आफ मिट टाउन पोखराका अध्यक्ष सूर्यनारायण बरालले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार