श्रावण २०, २०८३ बुधबार August 5, 2026

कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी

राज्यले कारागारका कैदीबन्दीको उपचारका लागि विनियोजन गर्ने बजेटबाट उनीहरूको उपचार गरिँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं। चितवन कारागारमा दीर्घरोगी कैदीबन्दीको सङ्ख्या बढिरहेको पाइएको छ । यहाँ रहेका सात सय १३ जना कैदी बन्दीमध्ये एक सय ५४ जना दीर्घरोगी छन् ।

कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार दीर्घरोगीमा सबैभन्दा धेरै उच्च रक्तचाप रहेका छन् । उहाँका अनुसार उच्च रक्तचापका ७० जना, मधुमेहका ५० जना, थाइराईडका १५ जना, क्षयरोगका नौ जना रहेका छन् ।

यस्तै एचआईभी एड्सका पाँचजना, छारे रोगका तीनजना र क्यान्सरका दुई जना बिरामी कारागारमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कैदीबन्दीमा रोग देखिएपछि उपचारका लागि सहजताका लागि काठमाडौँपछि चितवन बढीले रोज्ने गरेका छन् ।” यी बिरामी कैदीबन्दीको उपचार र नियमित औषधिका लागि कारागार कार्यालयले व्यवस्थापन मिलाउँदै आएको छ ।

राज्यले कारागारका कैदीबन्दीको उपचारका लागि विनियोजन गर्ने बजेटबाट उनीहरूको उपचार गरिँदै आइरहेको छ । कार्यालयलाई रू १० लाख मात्र उनीहरूको स्वास्थ्य परीक्षण र औषधिका लागि बजेट विनियोजन हुने गरेको छ । यो बजेट अभाव हुँदा समय समयमा विभिन्न सङ्घसंस्थाबाट औषधि सहयोग लिँदै आएको उहाँले बताउनुभयो । ढुङ्गानाले भन्नुभयो, “क्यान्सरको उपचार गर्नुपर्दा एउटै व्यक्तिलाई लाखौँ खर्च हुन्छ । बजेटले पुग्दैन । सहयोग माग्नुपर्ने अवस्था आउँछ ।”

प्रदेश सरकार, स्थानीय सरकार, जनस्वास्थ्य कार्यालय र विभिन्न सङ्घसंस्थाको सहयोगमा उनीहरूको उपचार गरिँदै आएको छ । निजी अस्पतालमा आफूले चाहेका चिकित्सकसँग उपचार गराउन चाहने कैदीबन्दीले आफैले खर्च गर्छन् ।

गर्मी मौसम सुरू भएसँगै भाइरलको समस्या हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको उहाँले बताउनुभयो । गर्मी मौसममा लामखुट्टेबाट लाग्नसक्ने रोगलाई नियन्त्रणका लागि पोखरीमा कीटनाशक औषधिको प्रयोग, झुलको व्यवस्थापन, खानपान र व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनका लागि अनुरोध गरिएको छ । आर्थिक वर्षको अन्तिम तीन महिना बजेटका कारण उपचारका लागि समस्या हुने गरेको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार