असार २३, २०८२ सोमबार July 7, 2025

ऐश्वर्य बहुमुखी क्याम्पस सभापतिमा नेविसंघका भट्ट बिजयी

सचिवमा देवेन्द्र बोहरा ५५४ मत र कोषाध्यक्षमा सन्चिताकुमारी चौधरी ५६९ मत प्राप्तगरी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी, (चौराहा), चैत ६ गते । कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले डेढ दशकपछि स्ववियु निर्वाचनमा विजय प्राप्त गरेको छ ।

निर्वाचन समितिका प्रमुख खेमराज पन्तका अनुसार, स्ववियु सभापतिमा नेविसंघका दीपकराज भट्ट ५३३ मत प्राप्तगरी विजयी भएका छन् । उहाँका प्रतिद्वन्द्वी अनेरास्ववियुका दिपेन्द्र भट्टले ४२५ मत र अखिल क्रान्तिकारीका विकास बिष्टले ४०२ मत प्राप्त गर्नुभयो ।

यस्तै, सचिवमा देवेन्द्र बोहरा ५५४ मत र कोषाध्यक्षमा सन्चिताकुमारी चौधरी ५६९ मत प्राप्तगरी विजयी भएका छन् । यी दुबै नेविसंघ नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । दुई हजार एकसय विद्यार्थी रहेको उक्त क्याम्पसमा मंगलबार भएको मतदानमा एक हजार ४०३ मत खसेको थियो ।

यसअघि ऐश्वर्य बहुमुखी क्याम्पसमा तीन पटक स्ववियु निर्वाचन भएको थियो । १५ वर्षअघि भएको निर्वाचनमा नेविसंघका राजेन्द्र भट्ट सभापति निर्वाचित हुनुभएको थियो । दोस्रो निर्वाचनमा राप्रपा निकट विद्यार्थी संघका कमल बम विजयी हुनुभएको थियो । तेस्रो निर्वाचनमा अनेरास्ववियुबाट कुवेर खड्का विजयी हुनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया