कार्तिक २२, २०८३ आइतबार November 8, 2026

लुम्बिनीमा ९४ हजार नौ सय आठ परीक्षार्थी सहभागी हुँदै

तीन सय ४८ परीक्षा केन्द्रमा आठ हजार छ सय कर्मचारी परिचालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लुम्बिनी। लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को तयारी पूरा भएको छ । बिहीबार बिहान ८ बजेदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । यस वर्ष प्रदेशभर ९४ हजार नौ सय ८ परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न तीन सय ४८ परीक्षा केन्द्र तोकिएको छ भने आठ हजार छ सय कर्मचारी परिचालन गरिने छन् । शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको आवश्यक तयारी पूरा भएको छ । “परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ”, उहाँले भन्नुभयो, “अब विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।

यस वर्ष रुपन्देहीमा सबैभन्दा धेरै २२ हजार छ सय २३ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङमा १४ हजार दुई सय ५४, कपिलवस्तुमा नौ हजार चार सय ६१, बाँकेमा १० हजार दुई सय ७४ परीक्षार्थी सहभागी हुनेछन् । पाल्पामा चार हजार नौ सय १०, गुल्मीमा चार हजार आठ सय ५७, अर्घाखाँचीमा तीन हजार चार सय ६५, रोल्पामा चार हजार सात सय ६५, प्यूठानमा चार हजार नौ सय ४०, बर्दियामा सात हजार सात सय ६२, नवलपरासी पश्चिममा छ हजार तीन सय ९७, रुकुमपूर्वमा एक हजार दुई सय परीक्षार्थी सहभागी हुँदैछन् । नियमिततर्फ ७४ हजार पाँच सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार तीन सय १० परीक्षार्थीले परीक्षा दिनेछन् ।

यसैगरी, प्राविधिक धारतर्फ तीन हजार एक सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् । परीक्षा निष्पक्ष र मर्यादित बनाउन आठ हजार छ सय कर्मचारी परिचालन हुँदैछन् । केन्द्राध्यक्ष ३४८ जना, सहायक केन्द्राध्यक्ष ६३४, निरीक्षक चार हजार ७५८, सहायक ९५८ र कार्यालय सहयोगी एक हजार ९०२ जना परिचालन हुँदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार