श्रावण २०, २०८३ बुधबार August 5, 2026

‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

सबै वडाका ३० देखि ४५ वर्ष उमेर समूहका करिब छ सय  महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर,  चैत ६ गते । पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो ।

शिविरमार्फत गाउँपालिकाका सबै वडाका ३० देखि ४५ वर्ष उमेर समूहका करिब छ सय  महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने लक्ष्य रहेको पौवादुङमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यही चैत ३ गतेदेखि १५ गतेसम्म अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्यान्सरका बिरामीको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

“हामीले अभियान नै सञ्चालन गरेर पाठेघरको मुखको क्याक्सरको परीक्षण थालेका छौँ” शाखा प्रमुख उपाध्यायले भन्नुभयो, “यो अभियानअन्तर्गत सबै वडाका महिलाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य छ । परीक्षणका क्रममा रोग देखिएमा उनीहरूलाई उपचारका लागि बाहिरको अस्पतालमा पठाउने व्यवस्था मिलाएका छौँ ।”

यो अभियानअन्गर्तत वडा नं १ श्यामशिलामा एक सय ४४ महिलाको स्वास्थ्य परीक्षण सम्पन्न भएको उहाँले बताउनुभयो । परीक्षणका क्रममा तीन जनाको स्वास्थ्य अवस्था जटिल देखिएकाले थप परीक्षणका लागि अन्य अस्पताल पठाएको प्रमुख उपाध्यायले बताउनु्भयो । अभियानका क्रममा पाठेघरको मुखको क्यान्सरबाट बच्ने सकिने उपाय, रोकथाम तथा उपचार पद्धतिका विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले महिलामा हुने पाठेघर मुखको क्यान्सरको अवस्था विश्लेषण, खोजी, पहिचान तथा निःशुल्क उपचारको व्यवस्था गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । समयमा नै रोगको पहिचान गरेर उपचारसँगै यसबाट बच्नका लागि सचेत गराउन कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ ।

“पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाको अकालमा नै ज्यान गइरहेको छ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “यसको मुख्य कारणका रूपमा रोगीकोे समयमा खोजी तथा पहिचान नगरिनु पनि हो । हामीले शिविर नै सञ्चालन गरेर कसैमा यस्तो रोग छ कि भनेर खोजी थालेका हौँ । रोग देखिएमा त्यसको निःशुल्क उपचारको व्यवस्थासमेत मिलाएका छौँ ।”

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन सम्पन्न भएकाले ३० देखि ४५ वर्ष उमेर समूहका महिलालाई लक्षित गरेर स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । छवटै वडामा शिविरमार्फत महिलाको स्वास्थ्य परीक्षण गरेर रोगको खोजी भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

महिला, वालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य तथा पोषणको क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य तथा पोषणसँगै आयआर्जनमा जोडने खालका कार्यक्रममा गाउँपालिकाले जोड दिएको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार