असार २४, २०८२ मंगलबार July 8, 2025

सुनको मूल्य स्थिरः चाँदीको घट्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  चैत ७ गते । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा रु १५ ले घटेको छ ।

सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मोल प्रतितोला रु १५ ले घटेर रु दुई हजार ३० निर्धारण भएको छ । बुधबार सोही परिमाणको चाँदी  रु दुई हजार ४५मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया