कार्तिक २२, २०८३ आइतबार November 8, 2026

एसइईको एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र

जालपा परीक्षा केन्द्रमा ज्योति माविका २५ जना विद्यार्थी र जालपा माविकै खुला तीन जना विद्यार्थी परीक्षामा उपस्थित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

खोटाङ, चैत ८ गते। खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा माध्यमिक विद्यालयमा रहेको एसइई परीक्षा केन्द्रमा एउटा मात्र विद्यालयका विद्यार्थीले परीक्षा दिइरहेका छन्।

जालपाकै अर्को माध्यमिक विद्यालय ज्योति माध्यमिक विद्यालयका विद्यार्थीले गाउँकै जालपा मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका हुन्। उक्त परीक्षा केन्द्रमा ज्योति माविका २२ जना नियमित र ग्रेडवृद्धिका पाँच जना विद्यार्थी छन्। शिक्षा विकास तथा समन्वय एकाई खोटाङको तथ्यांक अनुसार जालपा परीक्षा केन्द्रमा ज्योति माविका २५ जना विद्यार्थी र जालपा माविकै खुला तीन जना विद्यार्थी परीक्षामा उपस्थित भएका छन्।

अघिल्लो वर्षसम्म जालपा मावि परीक्षा केन्द्रमा तीन वटा विद्यालयका विद्यार्थीले एसइई परीक्षा दिएका थिए। कालिका मावि खार्मी र सरस्वती मावि पाथेकाले परीक्षा केन्द्र परिवर्तन गरेपछि जालपा माविको परीक्षा केन्द्रमा एउटा विद्यालय मात्र बाँकी रहेको हो। कालिका मावि र सरस्वती मावि यो वर्षबाट दिक्तेलस्थित सरस्वती मावि परीक्षा केन्द्रमा सहभागी भएका छन्।

केही वर्ष अघिसम्म ६/७ वटा विद्यालयको एसएलसी वा एसइई परीक्षा केन्द्र रहेको जालपा मावि यस वर्षबाट एउटा विद्यालयको मात्र परीक्षा केन्द्र बन्न पुगेको छ।

अघिल्लो वर्षको एसइई परीक्षामा जालपा मावि परीक्षा केन्द्रबाट सामाजिक सञ्जाल फेसबुक मेसेन्जरमार्फत विद्यार्थी र शिक्षकको ग्रुप बनाएर चिट चोरिरहेको भेटिएको थियो। जालपा टाढा भएकाले यो वर्षबाट दिक्तेलको सरस्वती मावि परीक्षा केन्द्रमा सहभागी भएको उक्त दुई विद्यालयले जनाएका छन्। गोरखावत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार