बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

नव प्रभात आधारभूत विद्यालयमा विद्यार्थी खुला चौरमा पढ्न बाध्य

बर्षाको समयमा  कोठामा पानी भरिएर बस्नै  नसक्ने अवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका ५ मा रहेको  नव प्रभात आधारभूत विद्यालयमा  विद्यार्थीहरु  लामो समयदेखि खुला चौरमा पढदै आएका छन्।

विद्यालयमा कक्षा कोठाको अभाव भएपछि  विद्यार्थीलाई  नजिकै रहेको मालिका मन्दिरको प्रागणमा अध्यापन गराउनु परेको   विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले जानकारी दिनुभयो।

२०४५ सालमा स्थापना भएपनि हालसम्म विद्यालयमा आवश्यकता अनुसार भवन नभएको जोशीले बताउनु भयो । ९२ विद्यार्थी संख्या रहेको  उक्त विद्यालयमा  बाल विकासदेखि कक्षा  ५ सम्म पढाइहुने गरेको छ।

२०७९  साल कार्तिक २३ गते आएको भूकम्पले  भवनमा क्षति गरेको छ जाडोको मौममा खुला आकासमा  धेरै चिसो हुन्छ, वर्षाको समयमा  कोठामा पानी भरिएर बस्नै  नसक्ने अवस्था बन्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया