श्रावण १९, २०८३ मंगलबार August 4, 2026

आमिरको गजनीको सिक्वेल बन्ने, १८ बर्ष पछि फिल्म प्रोजेक्ट अन्तिम चरणमा

फिल्ममा सूर्यासँग असिन मुख्य भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बइ, ९ चैत । सन २००५ मा क्रिस्टोफर नोलनको फिल्म मेमेन्टोबाट प्रेरित एआर मुरुगाडोसले तमिल भाषाको एक्शन थ्रिलर गजनी बनाएका थिए, जुन तमिल बक्स अफिसमा सुपर डुपर हिट भयो। यस फिल्ममा सूर्यासँग असिन मुख्य भूमिकामा रहेकी थिइन् ।

तमिल फिल्मको सफलता पछि यसलाई हिन्दीमा पनि त्यही नामको साथ रिमेक गरियो, जुन क्लासिक बन्यो। हिन्दीमा बनेको गजनीलाई पनि एआर मुरुगा दासले नै निर्देशन गरेका थिए ।

यस फिल्ममा आमिर खानले सूर्याको स्थानमा सूर्यको भूमिका निर्वाह गरेका थिए भने उनी विपरित भूमिकामा थिए । फिल्मले उत्कृष्ट व्यापार गरेको थियो । यो १०० करोडको व्यापार गर्ने पहिलो बलिउड फिल्म बन्न सफल भएको थियो ।  यो चलचित्र रिलिज भएको करिब १८ वर्ष भैसकेको छ र दर्शकले यसको सिक्वेलको माग लामो समय देखी गरिरहेका छन् ।

यसैबिच, गजनीः २ को बारेमा लामो समयदेखि चर्चा भइरहेको छ । सलमान खानको ‘सिकन्दर’ मा व्यस्त रहेका एआर मुरुगादासले हालैको एक अन्तर्वार्तामा गजनीको सिक्वेलको बारेमा ठूलो अपडेट दिएका छन् । बलिउड हंगामाका अनुसार निर्देशकले सिकन्दर बनाउनु अघि नै आमिर खानलाई भेटेको खुलासा गरेका छन् । उनले त्यसका बारेमा छलफलसमेत गरेको जनाएका छन् । खास, उनी गजनीः२ बनाउन खोजिरहेको जनाएका छन ।

उनको सिक्वेलको बारेमा केही विचार छ तर अहिले सबै स्टार कास्ट आ–आफ्नो प्रोजेक्टमा व्यस्त भएकाले एकजुट हुन सकिरहेका छैनन् । अब गजनीः २ का लागि एआर मुरुगादास र आमिर खानले कहिले हात मिलाउँछन् त्यो भने हेर्न बाँकी छ । यद्दपी, उनले भनेका छन कि गजनीः२ अब बनाइने छ, जसको मिति चाँडै घोषणा गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया