असार २१, २०८२ शनिबार July 5, 2025

रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न

चालु आर्थिक वर्षमा विनियोजित रकम अपेक्षाकृत ढङ्गबाट खर्च हुन कठिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामेछाप (मन्थली), ११ चैतः यहाँको रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३०० बढी सेवाग्राहीले सेवा लिएका छन् ।

सो अवसरमा चालु आर्थिक वर्षभित्र भए गरेका काम र उपलब्धिका बारेमा जानकारी गराउन सार्वजनिक सुनुवाइ पनि आयोजना गरिएको थियो ।

शिविरमा स्वास्थ्य सेवा, कृषि सेवा, तथा पशु सेवा, मनोसामाजिक परामर्श सेवासमेत सञ्चालन भएको थियो । चालु आर्थिक वर्षमा विनियोजित रकम अपेक्षाकृत ढङ्गबाट खर्च हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागार्इँले बताउनुभयो ।

रामेछाप नगर प्रमुख लवश्री न्यौपानेले नगरपालिकाको आन्तरिक स्रोत नभएका कारण सधै केन्द्र र प्रदेशमार्फत आउने विकास निर्माणका आयोजना पर्खनुपर्ने बताउनुभयो ।

उपप्रमुख बाला कार्कीले वर्तमान सरकार सङ्घ, प्रदेश र स्थानीय भएर बनेकाले स्थानीय सरकारले असाध्यै साना योजना मात्र सञ्चालन गर्न सक्ने क्षमता भएकाले पालिकाको अपेक्षाकृत ढङ्गबाट विकास हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा अधिकांश स्थानीयले नगरले गरेका गतिविधिहरु छिटो छरितो नगरेको , विकास निर्माणका काम गर्दा उत्तिकै विनास निम्तिएको र यसअघि भएका सार्वजनिक सुनवाइमा गरिएका प्रतिवद्धताको कार्यान्वयन फितलो भएको आरोप लगाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार