असार २१, २०८२ शनिबार July 5, 2025

इजाजत नै नलिई श्रमिक आपूर्ति गर्नेलाई कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र नै नलिई श्रमिक आपूर्ति गर्ने कम्पनी र प्रतिष्ठानलाई जरिबाना गरेको छ ।

विभागका अनुसार काठमाडौँको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजले श्रम ऐन २०७४ अनुसार श्रमिक आपूर्तिकर्ताको इजाजतपत्र नै नलिएका फाल्कन सर्भिसिस कम्पनी र कमल पोखरी सपोर्ट सर्भिस कम्पनीबाट श्रमिक आपूर्ति गरेको पाइएपछि ती कम्पनी र मेडिकल कलेजलाई दुई/दुई लाख जरिबाना गरेको हो ।

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले काठमाडौँ मेडिकल कलेजको अनुगमन गर्दा इजाजतपत्र नलिएका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट श्रमिक आपूर्ति गरेको पाइएपछि जरिबाना गरेको जानकारी दिनुभयो । साथै उहाँले इजाजतप्राप्त गरेका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट मात्रै श्रमिक आपूर्ति गर्न सबै प्रतिष्ठानको ध्यानाकर्षण गराउनुभयो । विभागका भट्टराईले पछिल्लो समयमा इजाजत नलिएका श्रमिक आपूर्ति कम्पनीले गैरकानुनी तरिकाले श्रमिक आपूर्ति गर्ने गरेको पाइएकाले त्यस्ता आपूर्ति कम्पनीबाट सचेत हुन सबै प्रतिष्ठानलाई आग्रह गर्नुभयो ।

विभागका अनुसार चालु आव २०८१/८२ को आठ महिनासम्म ३५ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीलाई नयाँ इजाजतपत्र प्रदान गरेको छ । यस अवधिमा ३५५ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको इजाजतपत्र नवीकरण गरेको छ भने २८३ वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको निरीक्षण गरेको विभागले जनाएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार