श्रावण २०, २०८३ बुधबार August 5, 2026

गोरखाका १३३ जनामा क्षयरोग सङ्क्रमण

७८ पुरुष र ५५ महिलामा क्षयरोग भएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गोरखामा चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा १३३ जनामा क्षयरोग पहिचान भएको छ। जिल्लाका एघारै पालिकामा यो सङ्ख्या फेला परेको हो।

प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले ७८ पुरुष र ५५ महिलामा क्षयरोग पुष्टि भएको बताए। बारपाक सुलिकोट गाउँपालिकामा सबैभन्दा बढी २६, भीमसेनथापा गाउँपालिकामा २५, गोरखा नगरपालिकामा २१ र पालुङटार नगरपालिकामा १९ जनामा क्षयरोग देखिएको छ।

यस्तै, आरुघाट गाउँपालिकामा १४, सहिद लखन गाउँपालिकामा ९, अजिरकोट गाउँपालिकामा ५, धार्चे गाउँपालिकामा ५, सिरानचोक गाउँपालिकामा ४, गण्डकी गाउँपालिकामा ३ र चुमनुब्री गाउँपालिकामा २ जनामा क्षयरोग पाइएको खड्काले बताए। गत आर्थिक वर्षमा जिल्लामा २३२ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार