श्रावण २०, २०८३ बुधबार August 5, 2026

झापामा क्षयरोगका सात सय नयाँ बिरामी

फोक्सोबाहेकमा १६२ जना, टिबी र एचआइभी दुवै भएका आठ जना, औषधि प्रतिरोधी क्षयरोगका बिरामी (डिआरटीबी) १६ जना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बनियानी (झापा), ११ चैतः झापामा चालु आर्थिक वर्षको फागुनसम्म क्षयरोगका ७०० नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासका अनुसार उक्त अवधिमा २५ जना बिरामीको मृत्यु भएको छ । कार्यालयका अनुसार गत आवमा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या ४८ थियो ।

कार्यालयका अनुसार ४७१ जनाको फोक्सोमा क्षयरोग देखिएको छ भने फोक्सोबाहेकमा १६२ जना, टिबी र एचआइभी दुवै भएका आठ जना, औषधि प्रतिरोधी क्षयरोगका बिरामी (डिआरटीबी) १६ जना छन् ।

झापामा आव २०७७/७८ मा ९९२, आव २०७८÷७९ मा एक हजार १८६ र आव २०७९/८० मा एक हजार १६५ र आव २०८०/८१ मा एक हजार २६५ नयाँ क्षयरोगी फेला परेका थिए ।

स्वास्थ्य कार्यालय झापासँगै १५ वटा स्थानीय तहअन्तर्गतका ७९ वटा स्वास्थ्य संस्थामा क्षयरोगको निःशुल्क उपचार, निःशुल्क खकार परीक्षणका लागि २२ वटा माइक्रोस्कोपिक केन्द्र, तीन वटा जिनएक्स्पर्ट केन्द्र र डिआरटीबीको बिरामीका उपचारका लागि चार वटा सब डिआर सेन्टरको व्यवस्था छ ।

औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई प्रोत्साहन मासिक रु ५०० दिने गरिएको छ । सङ्घीय कार्यक्रमअन्तर्गत झापाको तीन वटा पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियान समेत सञ्चालित छ ।

‘हो हामी क्षयरोग अन्त्य गर्ने सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको अवश्यकता’ भन्ने नाराका साथ आज देशभर विश्व क्षयरोग दिवस मनाइँदै छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ ।

क्षयरोग भनेको के हो ?

क्षयरोग माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्दछ ।

क्षयरोगीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिस सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने हुन्छ । कुपोषण भएका, धुम्रपान तथा सूर्तीजन्य प्रदार्थको सेवन, मधुमेहका बिरामी, मद्यपान गर्ने मानिस, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुमा क्षयरोगको उच्च जोखिम रहेका हुन्छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार