असार २१, २०८२ शनिबार July 5, 2025

नाउपा र जनमत पार्टीबिच एकता गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले एकता गर्ने निर्णय गरेका छन् ।

नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ, पार्टी संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलगायत नेताले शुक्रबार र शनिबार नियमित संवाद गरेपछि पार्टी एकतालाई अन्तिम रूप दिएको हो ।

अध्यक्ष श्रेष्ठले नाउपा र जनमत पार्टीबिच एकता गर्ने निर्णय भएपछि कार्यदल गठन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नाउपा र जनमत पार्टी एकता गर्ने निर्णय भएको छ । चुनाव चिह्न र पार्टीको नाम छलफलकै क्रममा छ । एकता गर्न दुवै पार्टी सम्मिलित कार्यदल मात्रै गठन गरेका छौँ ।” अध्यक्ष श्रेष्ठका अनुसार नाउपाबाट कार्यदलमा गङ्गाराम चौधरी, सुनिता चौधरी, रामलाल डगौरा र जनमतबाट अब्दुल खाँण, सरदसिंह यादव, बालगोविन्द चौधरी रहनुभएको छ । उहाँले कार्यदललाई १५ दिनभित्र छलफल गरेर पार्टी एकतालाई अन्तिम रूप दिन निर्देशन दिएको बताउनुभयो । पार्टीको नाम, नेतृत्व र चुनाव चिह्नलाई लिएर एकता नरोकिने उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरको थारू आन्दोलनबाट उठेको पार्टी नाउपा र मधेशको पृथकतावादी आन्दोलनबाट उठेको जनमत पार्टी एकता गर्ने अवस्थामा पुगेका छन् । यदि दुई पार्टी एकता भएपछि सङ्घीय संसद्मा जनमतका छ जना र नाउपाको चार जना गरी कुल १३ सांसद हुने छन् तर नाउपाका अध्यक्ष श्रेष्ठले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) सँग भने तत्काल एकता नहुने जानकारी दिनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार