असार २१, २०८२ शनिबार July 5, 2025

‘प्रधानमन्त्रीको हवाला दिएर आएका समाचारमा सत्यता छैन’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अनास्था फैलाउन केही स्वदेशी तथा केही विदेशी मिडिया हात धोएर लागेको नेकपा एमालेले जनाएको छ ।

नेकपा एमालेको सचिवालय बैठकको हवाला दिएर केही नेपाली तथा भारतीय मिडियाहरूले प्रधानमन्त्री ओली भारतप्रति आक्रोशित भएको र पूर्वराजा ज्ञानेन्द्रले आफ्नो गतिविधि बढाए पक्राउ गर्नेसम्मको योजना बनाएको भन्दै प्रकाशित समाचारलाई एमालेले प्रतिवाद गरेको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल भारतबीच कुनै समस्या भए त्यसको कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने भएकाले प्रधानमन्त्रीको हवाला दिएर आएका समाचारमा कुनै सत्ययता नरहेको प्रस्ट पार्नुभएको छ ।

भारत भ्रमणबाट फर्कनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतीय संस्थापन पक्षसँग कूटनीतिक सम्बन्ध राख्न असफल भएको र भारतको हेपाहा प्रवृत्तिको बैठकमा प्रधानमन्त्री ओलीले खुलेर आलोचना गरेको भन्दै आएको समाचारलाई लिएर एमालेले नेपाल भारतबीचको सम्बन्ध खलल पु¥याउने तत्व सक्रिय रहेकाले यस्ता भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै समाचारको पुष्टि गर्न पनि आग्रह गरेको छ ।

स्रोतलाई हवाला दिएर नेपाली तथा भारतीय मिडियाले ओलीलाई हटाउन भारतीय संस्थापन पक्ष लागेको र राजसंस्था पुनः स्थापनामा भारतको हात रहेको भन्दै प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा बोलेको भन्दै प्रकाशित समाचारले मुलुकको लोकतन्त्रलाई नै अफ्ठेरो पार्ने काम हुन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ । वर्तमान सरकार नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने दिशामा अघि बढी रहेको बेला यस्ता समाचार आउनु दुःखद् पक्ष भएको पनि एमालेले जनाएको छ । नेपाल समाचारपत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार