असार २३, २०८२ सोमबार July 7, 2025

त्रिविका ४३ आंगिक क्याम्पसको स्ववियु निर्वाचन नतिजा सार्वजनिक

त्रिविका १९ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्ववियु निर्वाचनको आधिकारिक तथ्यांक विश्वविद्यालयसँग छैन ।

विद्यार्थी संगठनहरुले आ आफ्नै दाबी प्रस्तुत गरिरहँदा ६२ वटा आंगिक क्याम्पसमध्ये ४३ वटा क्याम्पसको आधिकारिक नतिजा भने सार्वजनिक भइसकेको छ ।

उपत्यकाका २२ र बाहिरका ३९ क्याम्पसमध्ये ४३ वटा क्याम्पसमा निर्वाचन सम्पन्न भएर नतिजा आइसकेको छ । उपत्यकाको रत्नराज्यलक्ष्मी, त्रिचन्द्र र नेपाल ल क्याम्पसमा निर्वाचनको मिति तोकिएको छ ।

प्रमुख दुई विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियुले संयुक्त विज्ञप्तिमार्फत निर्वाचन हुन बाँकी क्याम्पसमा एकै मितिमा निर्वाचन गर्न आग्रह गरेका छन् । अब त्रिविका १९ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन बाँकी छ । तीमध्ये काठमाडौं उपत्यकामा मात्र ९ वटा छन् ।

आंगिक क्याम्पसहरूबाहेक त्रिविसँग अरूको विवरण छैन । देशकै ठूलो र धेरै विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पस पोखराको मतगणना सोमवार मध्यरातमा सकिएसँगै ४३ क्याम्पसको परिणाम आएको हो ।

पछिल्लो परिणाम अनुसार नेविसंघले १५ वटा क्याम्पसमा सभापति जितेर पहिलो स्थानमा छ भने अनेरास्ववियुले १४ वटा क्याम्पसमा सभापति जितेको छ । त्यस्तै अखिल क्रान्तिकारीले ८ क्याम्पसमा सभापति जितेकोमा चितवन इन्जिनियरिङका स्वतन्त्र सभापतिको प्रवेशपछि ९ पुगेको छ ।

पद्मकन्यामा नेविसंघका बागी प्यानलले स्वतन्त्रबाट जितेसहित अब स्वतन्त्र समूहका सभापतिको संख्या ४ कायम भएको छ भने जसपानिकट समाजवादी विद्यार्थी युनियनले एक आंगिक क्याम्पसको सभापति जितेर शाख जोगाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया