असार २१, २०८२ शनिबार July 5, 2025

सेजबाट तीन अर्बको निर्यात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएका उद्योगबाट तीन अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार भैरहवा सेजबाट साढे पाँच वर्षको अवधिमा तीन अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको हो ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि आव २०८१/८२ को फागुनसम्म तीन अर्ब चार करोड रुपियाँ बराबरको सामान विदेश निर्यात भएको हो । सो अवधिमा एक अर्ब ६६ करोड रुपियाँ बराबरको सामान आन्तरिक बजारमा खपत भएको छ । यस्तै सिमरा सेजमा चार वटा उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगबाट उत्पादित सामान भारत निर्यात हुन थालेको प्राधिरणले जनाएको छ ।

सरकारले निर्यातमूलक उद्योग स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्ने उद्देश्य सहित सेज स्थापना गरेको थियो । विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार भैरहवा सेजमा २७ वटा उद्योगले सञ्चालनका लागि अनुमति पाएका छन् । जसमा १० वटा उद्योग स्थापना भई सञ्चालनमा छन् । ती उद्योगबाट उत्पादित सामान निर्यात हुन थालेका हुन् । उद्योगमा डोलोमाइट उत्पादन, स्टिलका भाडा, स्टिल ट्याङ्की उत्पादन गर्ने, प्लास्टिकका सामग्री, ग्रेनाइट, फर्नेस आयललगायतका सामान उत्पादन गरी निर्यात हुन थालेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक छत्रबहादुर कटुवालले सेजमा स्थापना भएका उद्योगबाट उत्पादित सामान निर्यात हुन थालेको बताउनुभयो । सेजमा उद्योगबाट उत्पादन भएको सामानको ३० प्रतिशत अनिवार्य रूपमा निर्यात गर्नुपर्ने व्यवस्था रहेकाले पनि सोही अनुसार सामान निर्यात हुन थालेको उहाँले बताउनुभयो ।

सञ्चालनमा आएका सेजभित्र आवश्यक पर्ने सबै पूर्वाधार सञ्चालनमा रहेको तिरुपती मेटल प्रालिका सञ्चालक पशुपति अग्रवालले लिड उत्पादन गरी भारत निर्यात गर्ने गरेको बताउनुुभयो । सिमरा सेजमा १० वटा उद्योग निर्माणाधीन अवस्थामा छन् । भैरहवा सेजमा ३५० जना र सिमरामा ७५२ जनाले रोजगारी पाएको प्राधिकरणले जनाएको छ ।

सेज कार्यविधि अनुसार पहिलो तीन वर्षसम्म निर्यात नगरे पनि हुन्छ । त्यसपछिको वर्ष १५ प्रतिशत र छैटौँ वर्षसम्म पुग्दा कम्तीमा ३० प्रतिशतसम्म निर्यात गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि ६० प्रतिशत निर्यात भएकै हुनुपर्ने व्यवस्था थियो । सेजमा स्थापना भएका अधिकांश उद्योगीले छिमेकी मुलुक भारतमा सामान निर्यात गर्ने गरेका छन् ।

सरकारको सातै प्रदेशमा एक/एक वटा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने योजना रहे पनि हालसम्म दुई वटा सेज स्थापना भई पूर्ण रूपमा सञ्चालनमा आएका पनि अन्य ठाउँमा भने स्थापना हुन सकेको छैन । काभ्रेको पाँचखाल सेज निर्माणाधीन अवस्थामा रहेको छ ।

सरकारले निर्यातमूलक उद्योग स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्ने उद्देश्यका साथ सात वटै प्रदेशमा सेज स्थापना गर्ने घोषणा गरे पनि हालसम्म सबै ठाउँले पूर्णता पाएका छैनन् ।

चालु आवको बजेटमार्फत सेजका लागि १७ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सेजका लागि धेरै बजेट आवश्यक पर्ने भए पनि न्यून बजेट रहेको कटुवालको भनाइ छ । सरकारको प्राथमिकतामा नपर्दा र सेज स्थापनाका लागि पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण अगाडि बढ्न सकेको छैन ।

भैरहवा र सिमरा सेज स्थापना भई उद्योग सञ्चालन भए पनि अन्य चार ठाउँमा विराटनगर, गोरखा, कैलाली र नुवाकोटमा निर्माण सुरुसमेत नभएको महालेखा कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यसैबिच काभ्रेको पाँचखालमा रहेको सेज र सिमराको सेजभित्र रहेको ‘बी’ र ‘सी’ ब्लकलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालनका लागि मन्त्रीपरिषद्ले निर्णय गरेको प्राधिकरणले जनाएको छ । सेजलाई ३० वर्ष जग्गा लिजमा लिएर पिपिपी मोडलमा विकास र सञ्चालन गरी हस्तान्तरण गरिने छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार