असार २४, २०८२ मंगलबार July 8, 2025

सुनको मूल्य तोलामै १३०० रुपैयाँले बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलमा १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ७४ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २० रुपैयाँ कायम भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया