कार्तिक ११, २०८३ बुधबार October 28, 2026

बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै, सुरू भयो बिबाहको तयारी

२५ अप्रिलमा रिलिज हुने अभिनेता विष्णु मन्चुको यो फिल्ममा प्रभास क्यामियो गर्दै देखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हैदाराबाद, १५ चैत । साउथ सिनेमाका चर्चित अभिनेता प्रभासले आफ्नो उत्कृष्ट अभिनयले सबैको मन जितेका छन् । प्रभासले पनि आफ्नो अभिनयबाट करोडौं युवतीको मन जितेका छन् ।

तर, तपाईका लागि ल्याएको खबरले लाखौं केटीहरूको मन तोड्न सक्छ।  प्रभास अब दुल्हा राजाको रूपमा घोडा चढ्न तयार भएका छन् । एक व्यापारीकी छोरीसँग उनको सम्बन्ध फाइनल भएको खबर आएको छ ।

प्रभास ४५ वर्षको उमेरमा दुलहा बन्न लागेका हुन् । उनका फ्यानहरु लामो समयदेखि अभिनेताको विवाहको प्रतिक्षामा थिए, अब फ्यानहरुको प्रतिक्षाको घडी समाप्त हुन लागेको छ । प्रभासले बाहुबलीको  ‘देवसेना’ अनुष्का शेट्टीसँग ७ फेरा लगाउने छन, त्यस्तो होइन, बरु उनी एक व्यापारीको ज्वाइँ बन्न लागेका छन् ।

न्यूज १८ तेलुगुको रिपोर्ट अनुसार प्रभासको परिवारले सुपरस्टारका लागि दुलही फेला पारेको हो । यद्यपी ती युवती को हुन् र के गर्छिन् ? भन्ने बारेमा भने खुलाइएको छैन । बालिकाका बुबा हैदराबादका ठूला व्यापारी हुन्। हाल प्रभासको विवाहको महत्वपूर्ण विवरण गोप्य राखिएको छ ।

प्रभासले छिट्टै व्यापारीकी छोरीसँग विवाह गर्ने खबर पनि छ । परिवारले विवाहको तयारी सुरु गरेको बताइएको छ । श्यामला देवी (प्रभासकी काकी) विवाहको सम्पुर्ण तयारी हेर्दैछिन् । तर, यी बाहेक अन्य कुनै पनि ठूलो जानकारी बाहिर आएको छैन्।

प्रभास सन् २०२४ मा आएको फिल्म ‘कल्की २८९८ एडी’ वाट थप चर्चामा थिए। फिल्ममा अमिताभ बच्चन, कमल हासन र दीपिका पादुकोणजस्ता दिग्गज कलाकारहरू पनि थिए। यो फिल्मले ११ सय करोडभन्दा बढी कमाई गरेर ब्लकबस्टर साबित भएको थियो ।

अहिले प्रभास ‘द राजा साब’ र ‘फौजी’ फिल्ममा व्यस्त रहेका छन् । ‘एनिमल’ र ‘कबीर सिंह’ जस्ता ब्लकबस्टर फिल्म बनाएका निर्देशक सन्दीप रेड्डीको फिल्म ‘स्पिरिट’को छायांकन पनि प्रभासले चाँडै सुरु गर्न लागेको खबर आइसकेको छ ।

तर अहिलेका लागि प्रभासले ‘कन्नप्पा’ मार्फत फ्यानलाई चकित पार्न लागेका छन् । २५ अप्रिलमा रिलिज हुने अभिनेता विष्णु मन्चुको यो फिल्ममा प्रभास क्यामियो गर्दै देखिने छन् ।

यसैबिच, उनको बिबाहको तयारी पनि साथसाथै भइरहेको समाचारले फ्यानहरू प्रभासले बल्ल जोडी भेटेको भन्दै खुसी भइरहेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Minister Shrestha stresses on data exchange, regional cooperation
२०८३ कार्तिक ११, बुधबार
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
२०८३ कार्तिक ११, बुधबार
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार