श्रावण २०, २०८३ बुधबार August 5, 2026

‘कीटजन्य रोगको जोखिमबाट उमालेर वा शुद्धीकरण गरिएको पानी पिउने गरौँ’

शुद्धीकरण नगरिएको पानी र दूषित खानाले झाडापखाला, टाइफाइड, जन्डिस र हैजाजस्ता रोगहरूको जोखिम बढाउन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गर्मीयामको सुरुआत भएसँगै नेपालमा किटजन्य रोगहरूको जोखिम बढ्नसक्ने भएकाले विज्ञले सचेतना अपनाउन आग्रह गर्नुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ता डा प्रकाश बुढाथोकीले मन्त्रालयको साप्ताहिक ब्रिफिङमा गर्मीमा कीटजन्य रोगको जोखिम बढ्ने र दूषित पानीका कारण विभिन्न सङ्क्रमणहरू फैलने जोखिम हुने बताउनुभयो ।

उहाँले शुद्धीकरण नगरिएको पानी र दूषित खानाले झाडापखाला, टाइफाइड, जन्डिस र हैजाजस्ता रोगहरूको जोखिम बढाउन सक्ने बताउनुभयो । उहाँले त्यस्ता जोखिमबाट बच्न पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरी शुद्धीकरण गरेर मात्र प्रयोग गर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “स्वच्छ, सफा र पौष्टिक आहार खाऔँ । प्रशस्त मात्रामा फलफूल तथा हरियो सागसब्जी सेवन गर्ने गरौँ । खाद्य पदार्थहरूलाई सुरक्षित तरिकाले भण्डारण गर्नुपर्छ । शौचालयमा मात्र दिसा पिसाब गर्ने गरौँ ।”

त्यस अवसरमा प्रवक्ता डा बुढाथोकीले तापक्रम वृद्धि भएसँगै कीटजन्य रोगहरू जस्तै डेङ्गी, मलेरिया, जापानिज इन्सेफलाइटिसको पनि जोखिम बढ्ने बताउनुभयो । उहाँका अनुसार सङ्क्रमणबाट बच्न वरपरको वातावरण सफा राख्ने, लामखुट्टेको नियन्त्रण गर्न घर, कार्यालय, विद्यालय आदि वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, झ्याल, ढोकामा जाली राख्ने तथा लामखुट्टे भगाउने धुपको प्रयोग गर्नुपर्छ ।

उहाँले हाल मौसममा आएको परिवर्तनसँगै रुघाखोकी, ज्वरोजस्ता लक्षणसहितका फ्लूका बिरामीहरूको चाप अस्पतालमा बढ्दै गएकाले फ्लूबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगीहरु बढी जोखिममा हुने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । “साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, काम नपरी भिडभाडमा जाने नगरौँ”,उहाँले भन्नुभयो ।

उहाँले स्वास्थ्यसँग सम्बन्धित कुनै जिज्ञासा वा गुनासो भए मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर वा इमेल गर्न पनि सकिने जनाउनुभयो । स्वास्थ्य मन्त्रालयले हरेक शुक्रवारको १ बजेर ३० मिनेटमा साप्ताहिक मिडिया ब्रिफिङ गर्दै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस्
२०८३ श्रावण २०, बुधबार
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार