असार २३, २०८२ सोमबार July 7, 2025

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसङ्घका जोशी सभापतिमा निर्वाचित

सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कीर्तिपुर (काठमाडौँ), चैत १८ गते । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी हुनुभएको छ ।

कुल खसेको तीन हजार १०८ मतमध्ये उहाँले ७८९ मत प्राप्त गर्नुभएको थियो  । उहाँका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गर्नुभएको थियो ।

नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५१५ मत प्राप्त गर्नुभएको छ ।

सभापति बाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित हुनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया