कार्तिक २२, २०८३ आइतबार November 8, 2026

स्ववियु निर्वाचन : बबई बहुमुखी क्याम्पसमा नेविसंघका सुन्दरम गुप्ता विजयी

कोषाध्यक्षमा नागरिक विद्यार्थी समाजका सोनम थारू निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बबई (बर्दिया), चैत १९ गते । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको बबई बहुमुखी क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलका तर्फबाट नेपाल विद्यार्थी सङ्घका सुन्दरम गुप्ता विजयी हुनुभएको छ ।

नेपाल विद्यार्थी संघकातर्फबाट उम्मेदवार बनेका गुप्ताले तीन सय ४१ मत प्राप्त गरेर विजयी हुनुभएको हो । यससँगै बबई बहुमुखी क्याम्पसमा नेविसङ्घ पुनः २० वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनमा फर्किएको छ । यस अघिका निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले कब्जा जमाउँदै आएको बबई बहुमुखी क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनबाट नेविसङ्घ स्व्तन्त्र विद्यार्थी युनियनमा फर्किएको हो ।

यसैगरी, उहाँको प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार लक्ष्मण भण्डारीले दुई सय ६७  मत प्राप्त गर्नुभएको छ । त्यस्तै, सचिवमा आखिल क्रान्तिकारीका देवेन्द्रबहादुर थापाले तीन सय ८६ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी निशाकुमारी चौधरीले दुई सय १७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, कोषाध्यक्षमा नागरिक विद्यार्थी समाजका सोनम थारू तीन सय ६१ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी पारसकुमार बानियाले दुई सय २९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, सदस्यामा अञ्जली पाण्डे, प्रदीप बुढाथोकी, मो.असिफ गद्धी, शिवानन्द यादव विजयी हुनुभएको छ । समानुपातिकतर्फ नेपाल विद्यार्थी सङ्घले दुई सय ५०, अनेरास्ववियुले दुई सय २३ र अखिल क्रान्तिकारीले एक सय २८ मत प्राप्त गरेका छन् भने समानुपातिकतर्फ १७ मत बदर हुदा प्रत्यक्षतर्फ भने सात मत बदर हुँदा कुल मतदाता सात सय ६७ रहे पनि जम्मा मत छ सय १७ मत खसेको थियो ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घको तर्फबाट उम्मेदवारी दिनुभएका सुन्दरम गुप्तालाई माओवादी निकट अखिल क्रान्तिकारी, नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी समाज र समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले समर्थन गरेका थिए भने एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका लक्ष्मण भण्डारीलाई नेकपा माओवादी निकट अखिल समाजवादीले समर्थन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार