कार्तिक २२, २०८३ आइतबार November 8, 2026

मिर्मी बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुकी न्यौपाने निर्वाचित

उपसभापति र कोषाध्यक्षमा नेविसंघका प्रतिक्षा भट्टराई र सपना न्यौपाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, चैत २० गते। स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थित मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सहमतीका आधारमा गठन गरिएको छ। स्ववियु गठनको विषयले एक महिना देखि क्याम्पसमा विवाद रहँदै आएको थियो।

विभिन्न राजनीतिक दलहरुसँगको छलफल पछि सहमतिमा स्ववियु गठन गरिएको क्याम्पस प्रमुख रामप्रसाद पाण्डेयले जानकारी दिनुभयो। विगत एक महिनाको निरन्तर प्रयास पश्चात सहमती जुटेको उहाँको भनाइ छ।

स्ववियुको सभापतिमा अनेरास्ववियुका मुना न्यौपाने चयन हुनुभएको छ। यस्तै उपसभापतिमा नेविसंघका प्रतिक्षा भट्टराई र कोषाध्यक्षमा नेविसंघका सपना न्यौपाने चयन हुनुभएको छ। सचिवमा अनेरास्ववियुका कशिस बस्याल तथा सहसचिवमा अनेरास्ववियु (क्रान्तिकारी) का सृष्टि कुँवर क्षेत्री चयन हुनु भएको निर्वाचन अधिकृत भीमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।

यस्तै सदस्यमा अनेरास्ववियुका दिपीका पाण्डेय, सिवानी थापा र रुकमाया सुनार, नेविसंघका अस्मिता पाण्डेय र भूमा न्यौपाने तथा अनेरास्ववियु (क्रान्तिकारी)का ईरिका न्यौपाने निर्वाचित हुनुभएको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो।

११ सदस्यीय समितिमा सभापति सहित पाँच जना अनेरास्ववियुबाट, उपसभापतिसहित चार जना नेविसंघबाट र सहसचिव सहित दुई जना अनेरास्ववियु (क्रन्तिकारी)बाट चयन भएको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो। नवगठित स्ववियुका पदाधिकारी तथा सदस्यले बुधबार शपथ तथा पदभार ग्रहण गरेका छन्।

स्ववियु गठनको बारेमा बिवाद हुँदा सञ्चालक समितिका १२ जनाले सामूहिक राजिनामा दिएका थिए भने पार्टीबीच आरोप प्रत्याप चल्दै आएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो
२०८३ कार्तिक २२, आइतबार
Kattik Krishna Aamabasya: Laxmi puja being observed this evening
२०८३ कार्तिक २२, आइतबार
पाकिस्तानका एफ–१६ बलियो बनाउँदै अमेरिका, भारतमा उठ्यो दोहोरो मापदण्डको प्रश्न
२०८३ कार्तिक २२, आइतबार
‘चौतर्फी घेराबन्दी भए पनि कांग्रेस आफ्नो बाटोबाट विचलित हुँदैन’ : गगन थापा
२०८३ कार्तिक २२, आइतबार
भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा समेटिएको ‘द सनसाइन फ्लड’
२०८३ कार्तिक २२, आइतबार
विराटनगर जग्गा सट्टापट्टा प्रकरणमा तीन पूर्वमन्त्रीलाई मुद्दा नचलाउने अख्तियारको निर्णय
२०८३ कार्तिक २२, आइतबार
यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जित्यो
२०८३ कार्तिक २२, आइतबार