असार २३, २०८२ सोमबार July 7, 2025

‘रेडियो नेपाल देश र जनताको हो’ : सञ्चारमन्त्री गुरुङ

त्यतथ्य र आधिकारिक सूचना सम्प्रेषण गरी आमजनतालाई सुसूचित गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ताको नभई देश र जनताको पक्षमा  रेडियो नेपालले काम गर्नुपर्ने बताउनुभएको ।

काठमाडाँैमा आज सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको रेडियो नेपालको ७५औँ हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले ‘पिएसबी मोडल’मा सञ्चालन भएको रेडियो नेपालले सत्ताभन्दा  देश र जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

रेडियो नेपालले अब कुनै पनि राजनीतिक नेता तथा पार्टीको गुणगान गाउन आवश्यक नभएको उल्लेख गर्दै उहाँले सत्यतथ्य र आधिकारिक सूचना सम्प्रेषण गरी आमजनतालाई सुसूचित गर्न निर्देशन दिनुभयो ।

सञ्चारमन्त्री गुरुङले मुलुकभित्रको विविधतामा एकता खोजी समावेशी चरित्रको भूमिका निर्वाह गर्दै देशका सबै वर्ग, क्षेत्र र पक्षले अपनत्व गर्ने सञ्चार गृहका रुपमा रेडियो नेपाल स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपाल ‘पिएसबी’ का कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले रेडियो नेपालको पहुँच विस्तार कार्य तीव्र बनाउनुका साथै जनताले पाउनुपर्ने सत्यतथ्य सूचनाको हकलाई प्रत्याभूति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समयको माग र सूचना प्रविधिको विकाससँगै रेडियो नेपालको कार्यशैलीमा  परिवर्तन गरेको जानकारी दिँदै कार्यकारी अध्यक्ष डा विष्टले सङ्घीय समावेशी अवधारणालाई आत्मसाथ गरी मुलुकका सबै पक्षको अपनत्व हुनेगरी सेवा प्रवाह गरिरहेको स्पष्ट गर्नुभयो ।

सो अवसरमा रेडियो नेपालमा २५ वर्ष सेवा गरेका कर्मचारी, उत्कृष्ट कर्मचारी  र गीतसङ्गीत क्षेत्रका उत्कृष्ट स्रष्टाहरूलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार