असार २४, २०८२ मंगलबार July 8, 2025

नेप्से परिसूचक २३ अङ्कले बढ्यो

सबैभन्दा बढी व्यापार समूह नौ दशमलव ४४ र वित्त समूह तीन दशमलव १२ प्रतिशतले बृद्धी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो ।
आज तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा बढी व्यापार समूह नौ दशमलव ४४ र वित्त समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार