श्रावण २०, २०८३ बुधबार August 5, 2026

दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

गाउँको दुई ठाउँमा सञ्चालन गरिएको शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धुलिखेल। काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–३ बाङ्गेका ८२ वर्षीय चक्रबहादुर थिङले करिब दुई दशकपछि आँखा देख्न पाएकामा खुसी व्यक्त गरे। एउटा आँखाले अलिअलि मात्रै देखेको र अर्को आँखाले नजिकै पनि केही नदेख्ने अवस्था रहेकामा मंगलबार बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा शल्यक्रिया भएपछि आँखा देख्न थालेको उनले बताए।

थिङलाई गाउँमा नै संस्थाको आयोजनामा सञ्चालन गरेको आँखा शिविरबाट परीक्षण गर्ने मौका पाएपछि त्यहीबाट शल्यक्रिय गर्नका लागि बनेपासम्म आउने व्यवस्था गरिएको थियो। ‘अब दुवै आँखाले देख्न सकिनेमा ढुक्क छु’, उनले खुसी हुँदै भने।

खानीखोला–२ फलामेटारका ७२ वर्षीय चन्द्रमान गोलेले शल्यक्रिया पछि आँखा देख्न थालेका छन्। यसअघि दुवै आँखाले प्रस्ष्ट देख्न नसक्ने उनले कहिँकतै पनि आँखाको उपचार गराएका थिएनन्। गाउँमा नै सञ्चानल भएको आँखा शिविरबाट परीक्षणपछि निःशुल्क उपचार सेवा पाएको उनले बताए। गोलेको दुवै आँखाको शल्यक्रिय गरिएको छ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका शिवलाल घिसिङ मधुरो देख्ने, चिलाउने, दुख्नेजस्ता समस्या भोगिरहेको बेला शिविरमा गएपछि उनको आँखाको शल्यक्रिया गरिएको छ। तालढुङ्गामा सञ्चालन भएको शिविर नजिकै परेका कारण छिमेकी जिल्लाका नागरिक पनि सेवा लिन आएका थिए।

खानीखोला–५ का नानीमाया ब्लोन, बिबीमाया गोले र लालमाया सिङ्तानको पनि सोही शिविरमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ। हाल उनीहरु अस्पतालमा नै आराम गरिरहेका छन्। उपचारका लागि सुविधायुक्त अस्पतालसम्म पुग्न टाढा जानुपर्ने, खर्च धान्न मुश्किल र समयमा नै उपचार नपाइने समस्या थियो। गाउँमै निःशुल्क आँखा शिविर सञ्चालन गरेपछि यहाँका नागरिकले सहजै सेवा पाएका छन्। गाउँको दुई ठाउँमा सञ्चालन गरिएको शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

आयोजक संस्था परिवर्तनशील समाज नेपालका अध्यक्ष क्षेत्रबहादुर वाइबाले भौगोलिक रुपमा विकट रहेको ठाउँमा शिविर आयोजना गरेर आँखाको निःशुल्क शल्यक्रिय गरिएको बताए। खानीखोलाको आर्थिक सहयोग तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त आँखा शिविरमा करिब तीन सयभन्दा बढीले सेवा पाएका थिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार
फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
२०८३ श्रावण २०, बुधबार