श्रावण २०, २०८३ बुधबार August 5, 2026

बाँकेका ग्रामीण भेगमा बाली उपचार शिविर

शिविरमा १७३ जना किसान सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज, २१ चैतः बाँकेका गाउँ बस्तीमा पुगेर कृषि प्राविधिकले बाली उपचार शिविर सञ्चालन गरेका छन् ।

कृषि ज्ञान केन्द्रले कोहलपुर नगरपालिका–१५ राप्तीसोनारी गाउँपालिका–८ पेरानीमा बाली उपचार शिविर सञ्चालन गरेका हुन् । “जहाँको बालीमा रोग देखिएको छ त्यहाँ शिविर सञ्चालन गरिएको हो”, केन्द्र प्रमुख विनोद घिमिरेले भन्नुभयो ।

सागसब्जीका पकेट क्षेत्र भएका स्थानलाई प्राथमिकतामा राखेर बाली उपचार सुरु गरेको हो । कृषि प्राविधिकले आलुमा लागेको डढुवा, लाही कीराको प्रकोप, फलमा प्वाल परेको, काउलीमा सूक्ष्म खाद्यतत्वको कमी देखिएको, गोलभेँडाको पछौटे डढुवा, फल फुटेको, फलमा गबारो लागेको, राजमामा कीराको प्रकोप, खुर्सानीमा रोगको प्रकोप, मकैमा कीराको प्रकोप देखिएको समस्याबारे किसानलाई विभिन्न सुझाव दिएका छन् ।

वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले कृषि प्राविधिकको सिफारिसअनुसार मात्र मलखाद र विषादीको प्रयोग गर्न किसानलाई सुझाव दिइएको बताउनुभयो । उहाँले ज्ञानको अभावका कारण बालीमा जथाभावी विषादीको प्रयोग बढेको देखिएको भन्दै भरपर्दो उपचार आवश्यक भएको बताउनुभयो ।

शिविरमा बिरामी समस्याग्रस्त बोटबिरुवा ल्याएर किसानले विशेषज्ञबाट समस्या पहिचान तथा समाधानका उपायबारे सुझाव लिएका थिए । शिविरमा १७३ जना किसान सहभागी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वको उत्कृष्ट सूचीमा लायन्स ३२५ के, गर्भनर अधिकारीलाई पिआइडी बजोरियाको बधाइ सन्देश
२०८३ श्रावण २०, बुधबार
निर्वासनबाटै सक्रिय हसिना
२०८३ श्रावण २०, बुधबार
अन्ततः सलमानको अपोजिटमा ‘सर्वोत्कृष्ट खलनायक’ उपाधी जित्ने अभिनेता
२०८३ श्रावण २०, बुधबार
कोरियाली राजदूत पार्कद्वारा परराष्ट्र सचिवसँग बिदाइ भेट
२०८३ श्रावण २०, बुधबार
अमेरिकी नौसेनाद्वारा ७६.६ अर्ब डलरमा थप १४ आणविक पनडुब्बी बनाउँदै, कारण चीन
२०८३ श्रावण २०, बुधबार
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
२०८३ श्रावण २०, बुधबार
फार्मेसी परिषद्को अध्यक्षमा आलम नियुक्त
२०८३ श्रावण २०, बुधबार